National life

दूध किसानले पाएनन् भुक्तानी, सशक्त रूपमा आन्दोलन गर्ने चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ जेठ २०८२, सोमबार
463Shares
दूध किसानले पाएनन् भुक्तानी, सशक्त रूपमा आन्दोलन गर्ने चेतावनी
ncell

चितवन- चितवनका केही दुग्ध उत्पादक डेरीहरूले दूध संकलन नगर्ने चेतावनी दिएका छन्। भुक्तानीका लागि दबाब दिन यहाँका दुग्ध उत्पादक सहकारी संस्थाहरूले सो चेतावनी दिएका हुन्।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले भने,’अहिले भुक्तानी माग गरेका सहकारीहरूबाट दूध संकलन कठिन भएको छ।’ यहाँ उत्पादित दूध सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) र निजी कम्पनीले लैजाने गरेका छन्।

उनका अनुसार जिल्लामा रहेका दुग्ध उत्पादक सहकारीहरूले विभिन्न डेरीहरूबाट ८० करोड बढीको भुक्तानी पाउन बाँकी रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो रकममध्ये डिडिसीको ३५ करोड बढी रहेको छ भने अन्य रकम निजी डेरीहरूको हो। अध्यक्ष बगालेका अनुसार जिल्लाबाट ४० भन्दा बढी डेरीले दूध लैजाने गरेका छन्। ती डेरीहरूले भुक्तानी माग्दा दूध लैजान कम गर्ने गरेका हुन।

उनले भने, ‘किसानले भुक्तानी माग्दा दूध संकलन कम गर्छन्।’ कतिपय डेरीहरूले नियमित लैजाने दूधबाट कटौती गरेर थोरै लैजान थालेको उनले जानकारी दिए। गत पुस १ गतेदेखिको भुक्तानी लिन बाँकी रहेको छ। यस्तै अवस्था आए दुग्ध उत्पादक किसान आन्दोलनमा आउन बाध्य हुने उनले बताए।

जिल्लाबाट दैनिक एक लाख ५१ हजार लिटर दूध बाहिर जाने गरेको संघले जनाएको छ। जसमध्ये ३५ हजार लिटर दूध डिडिसीले लाने गरेको छ। अहिले जिल्लामा दैनिक ३ लाख लिटर बढी दूध उत्पादन हुँदै आएको छ।

किसानको भुक्तानी दिन ढिला गरे पछि संघले स्थानीय प्रशासनलाई भुक्तानीका लागि सहजीकरण गन आग्रह गरेका छन्। किसानको समस्या समाधानका स्थानीय प्रशासन समन्वय गर्न तयार रहेको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले बताए।

भुक्तानी दिन ढिला गर्ने उद्योगलाई सम्पर्क गरेर, बोलाएर छलफल गरिने उनले बताए। यस विषयमा गृह मन्त्रालय र कृषि मन्त्रालयसँग आफूले समन्वय गर्ने उनका भनाइ छ।

यो समाचार शेयर गर्नुहोस्
463SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?