National life

दूरसञ्चार प्राधिकरण अध्यक्ष तथा बोर्ड सदस्य लागि ६५ आवेदन, छनोट प्रक्रिया सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०६ जेठ २०८३, बुधबार
1.8kShares
दूरसञ्चार प्राधिकरण अध्यक्ष तथा बोर्ड सदस्य लागि ६५ आवेदन, छनोट प्रक्रिया सुरु
ncell

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष तथा बोर्ड सदस्य पदका लागि आवेदन दिने समय सकिएको छ, जससँगै नयाँ नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अध्यक्ष पदका लागि ३२ जना र चार सदस्य पदका लागि ३३ जनाले दरखास्त दिएका छन्।

अध्यक्ष पदका प्रतिस्पर्धीमध्ये कार्यवाहक जिम्मेवारी सम्हालिरहेका अर्जुन घिमिरे, बुद्धिप्रसाद आचार्य लगायत दूरसञ्चार क्षेत्रका अनुभवी व्यक्तिहरू रहेका छन्। साथै रमेश श्रीवास्तव, शैलेन्द्र गिरी, बिमलप्रकाश साह, नवीन जिसी, ज्ञानेन्द्र खतिवडा, दीपक लुइँटेल, रामप्रसाद पाण्डे, सुनिल मिश्र र सोना उल्ला खानलगायतले पनि प्रतिस्पर्धा गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सदस्य पदतर्फ विभिन्न क्षेत्रबाट आवेदन परेको छ—प्राविधिक तथा प्रशासनिकतर्फ १५, बजार व्यवस्थापनतर्फ ५, लेखा तथा लेखापरीक्षणतर्फ ९ र कानुनी सदस्यका लागि ४ जना प्रतिस्पर्धामा छन्।

मन्त्रालयले प्राप्त आवेदनहरूको मूल्यांकन गरी छोटो सूची तयार पार्ने र छनोट भएका उम्मेदवारलाई अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि बोलाइने जनाएको छ। अन्तिम सिफारिस भने डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्मा पेश गर्नेछन्।

यसअघि सरकारले ल्याएको सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी अध्यादेश लागू भएसँगै तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारीसहितका पदाधिकारी पदमुक्त भएका थिए। त्यसपछि प्राधिकरणमा नयाँ नियुक्तिको प्रक्रिया अघि बढाइएको हो।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?