काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दृष्टिविहीन व्यक्तीलाई अभिकर्ताको लाइसेन्स दिन नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृती पाएको छ । हालसम्म दृष्टिविहीनहरुको सहभागीता बीमा क्षेत्रमा न्यून देखिएको बेलामा नेपाल लाइफले सो स्वीकृती पाएको हो ।
अहिलेसम्म बीमा अभिकर्तामा जोडिएर काम गर्छु भन्ने दृष्टिविहीनहरु नगन्य छन् । ठीक यही बेलामा नियामक बीमा प्राधिकरणले नेपाल लाइफलाई सो स्वीकृती दिएको हो ।
सर्भेयरले पनि अनुमति पाउने
यसरी अनलाईनबाट बीमा अभिकर्ता बन्ने अवसरका कारण काठमाडौं र मुख्य शहरका मात्र नभई देशभरका नागरिकहरु अभिकर्ता बन्ने अवसरमा जोडिएका छन् । अभिकर्ताले सबैभन्दा पहिला नागरिकलाई बीमा बारेमा जानकारी दिन्छन् । उनीहरुले दिएको जानकारीलाई नै आधार बनाएर नागरिकहरुले आफ्नो जोखिमको बीमा गर्छन् । त्यसरी बीमा गराउँदा अभिकर्ताहरुले कमिशन समेत पाउने गर्छन् । जीवन बीमा गराएका नागरिकहरुलाई केही भै परी आएको अवस्थामा बीमा अभिकर्ताहरुले समेत उनीहरुको भुक्तानी लिन सघाउने गर्छन् ।
हालसम्म डाइरेक्ट कम्पनीमा नै गएर जीवन बीमा गराउने नेपालीहरुको संख्या कम नै छ । सोही कारण पनि अभिकर्ताहरुले नागरिकहरुको जोखिमलाई बीमा कम्पनी समक्ष जोडने काम गर्छन् । नेपालमा मात्र नभई अन्य विकसित मुलुकहरुमा समेत अभिकर्ता राख्ने चलन छ । एक त अभिकर्ता पेशाबाट उनीहरुले आफ्नो रोजीरोटी चलाउने अवसर पाउछन् भने अर्को भनेको बीमा अभिकर्ताकै कारण ठूला ठूला जोखिम र भवितव्यमा बीमाले सघाउने गर्छ । क्षती परेको बेलामा बीमाले आर्थिक सहायता दिने भएकाले पनि बीमालाई दुखको साथीको रुपमा चित्रण गर्ने गरिन्छ ।
अभिकर्ताहरुले बीमाको बारेमा जति धेरै बुझ्ने अवसर पाउछन् त्यति नै धेरै उनीहरुले नागरिकलाई पनि बीमा बारे बुझाउन सक्छन् । पछिल्लो समय बीमा अभिकर्ताहरुको संख्या बढ्दो क्रममा रहेको छ ।

































