National life

देशभर एकै चरणमा मतदान सुरु : २७५ सिटका लागि कडा सुरक्षाबीच महासंग्राम

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२१ फागुन २०८२, बिहिबार
1KShares
देशभर एकै चरणमा मतदान सुरु : २७५ सिटका लागि कडा सुरक्षाबीच महासंग्राम
ncell

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको छ। देशका ७७ वटै जिल्लामा एकै चरणमा मतदान भइरहेको छ। यस निर्वाचनमार्फत ‘पहिलो हुने निर्वाचित हुने’ (प्रत्यक्ष) प्रणालीतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्य चयन गरिँदै छन्।

प्रतिनिधिसभा विघटनपछिको राजनीतिक अन्योल र जेन–जी आन्दोलनका मागलाई सम्बोधन गर्ने उद्देश्यसहित संवैधानिक तथा राजनीतिक प्रक्रियालाई पुनः ‘लिक’ मा ल्याउन यो निर्वाचन आयोजना गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसैले यो चुनाव केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र नभई देशको भावी राजनीतिक दिशा र स्थायित्वसँग जोडिएको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायले समेत यसलाई चासोपूर्वक नियालिरहेका छन्।

निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ ६५ राजनीतिक दल ६१ निर्वाचन चिह्नसहित प्रतिस्पर्धामा छन्। प्रत्यक्ष प्रणालीमा ३ हजार ४०६ र समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन् भने १ लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएका छन्। १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् भने १४३ अस्थायी मतदानस्थल व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई सहज मतदानका लागि विशेष प्राथमिकता दिइएको आयोगले जनाएको छ।

निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, १ हजार ९२१ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र १ लाख ४९ हजार ९० म्यादी प्रहरी परिचालन गरिएको छ। साथै, निर्वाचन सम्पन्न गर्न २ लाख १५ हजार कर्मचारी खटिएका छन्। आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार १५ जिल्लाका ६१ स्थानबाट मतपेटिका हेलिकोप्टरमार्फत संकलन गरी गणनास्थलमा पुर्‍याइने व्यवस्था गरिएको छ।

यसपटक करिब ९ लाख नयाँ मतदाता थपिएका छन्। प्रकाशित अन्तिम मतदाता सूचीअनुसार १३ निर्वाचन क्षेत्रमा ९ लाखभन्दा बढी मतदाता वृद्धि भएको आयोगले जनाएको छ। यसैबीच, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले निर्वाचन विथोल्ने, मतपत्र च्यात्ने, मतपेटिका खोस्ने वा आचारसंहिताविपरीत गतिविधि गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?