National life

देशभर बकर इद मनाइँदै, नमाज अदा गर्दै शुभकामना आदानप्रदान

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१४ जेठ २०८३, बिहिबार
658Shares
देशभर बकर इद मनाइँदै, नमाज अदा गर्दै शुभकामना आदानप्रदान
ncell

काठमाडौँ । मुस्लिम समुदायको दोस्रो महत्वपूर्ण पर्व बकर इद (इदुल जोहा) आज देशभर धार्मिक आस्था, उत्साह र परम्पराअनुसार मनाइँदैछ। यस अवसरमा मुस्लिम धर्मावलम्बी बिहानै मस्जिद तथा इदगाहमा भेला भई सामूहिक नमाज अदा गर्दै शुभकामना आदानप्रदान गरेका छन्।

यो पर्व रमजानको अन्त्यपछि मनाइने इदुल फित्रको करिब ७० दिनपछि पर्ने धार्मिक परम्परा छ। काठमाडौँस्थित नेपाली जामे मस्जिद र काश्मिरी मस्जिदलगायत देशभरका विभिन्न मस्जिदहरूमा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ, जसका कारण आज सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय क्षेत्र बन्द रहेका छन्।

इस्लाम धर्मअनुसार यो पर्व त्याग, आस्था र समर्पणको प्रतीकका रूपमा मनाइन्छ। धार्मिक विश्वासअनुसार इब्राहिम ले अल्लाहको आदेश पालन गर्दै आफ्ना पुत्र इस्माइल लाई कुर्बानी दिन तयार भएको प्रसंगसँग यो पर्व जोडिएको छ। सोही विश्वासको स्मरणमा मुस्लिम समुदायले जायज जनावरको कुर्बानी दिने परम्परा निर्वाह गर्छन्।

बकर इद सामान्यतया तीन दिनसम्म मनाइने पर्व हो, जस अवधिमा नमाज, कुर्बानी र आफन्तबीच भेटघाटका कार्यक्रम हुने गर्दछन्।

यो समाचार शेयर गर्नुहोस्
658SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?