National life

देशभर ४४ खोला तथा नदीमा बाढीको त्रास,सतर्कता अपनाउन आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ असोज २०८१, शुक्रबार
1.1kShares
देशभर ४४ खोला तथा नदीमा बाढीको त्रास,सतर्कता अपनाउन आग्रह
ncell

काठमाडौँ । बिहीबार रातिबाट लगातार परेको वर्षाका कारण बागमती नदीले खोकना क्षेत्रमा खतराको तह पार गरेको छ।

शुक्रवार साँझ पानीको तह ४ दशमलव ८० मिटर बढेर खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले जनाएको सूचना प्रकाशन गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

देशभर सक्रिय मनसुनका कारण बागमतीका साथै पर्सा खोला महेशपुर, सिन्धुपाल्चोक मेलम्चीको नवकोटे, पूर्व पश्चिम राजमार्गमा रहेको नवकोटे खोलामा बाढी खतराको तहमा पुगेको बाढी पूर्वानुमान शाखाले जानकारी दिएको छ ।

आईतवारसम्मै मौसम सक्रिय भएको कारण ती नदी तथा खोला आसपास बस्ने स्थानीय बासिन्दालाई सतर्क रहन विभागले आग्रह गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै देशभरका ४४ वटा खोला तथा नदीमा बाढीको मात्रा अत्यधिक बढिरहेको कारण उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?