National life

दोस्रो बजारमा सेयर कारोबार रोक्का गर्नुपर्ने कारण खुलाउन माग गर्दै सूचना माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ पुस २०८१, बुधबार
596Shares
दोस्रो बजारमा सेयर कारोबार रोक्का गर्नुपर्ने कारण खुलाउन माग गर्दै सूचना माग
ncell

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकको दोस्रो बजारमा सेयर कारोबार रोक्का गर्नुपर्ने कारण खुलाउन माग गर्दै सूचना माग गरिएको छ । ४ जना लगानीकर्ताले नेपाल धितोपत्र बोर्डसमक्ष यस्तो माग गरेका हुन् । सूचनाका माग गर्दै आवेदन दिनेमा दिपेन भण्डारी, सन्तोष भण्डारी, यादव थापा र लक्ष्मण महतरा रहेका छन् ।

‘नेपाल धितोपत्र बोर्डको कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडको धितोपत्र कारोबार स्थगन गर्ने सम्बन्धमा जारी भएको प्रेस विज्ञप्तिमा अर्को व्यवस्था नभएसम्मको लागि तत्काल उक्त सूचिकृत संगठित संस्थाको धितोपत्र कारोबार स्थगन गरि, यस सम्बन्धमा थप अध्ययन गरी रायसहित प्रतिवेदन पेश गर्न नेप्सेलाई पत्राचार गरिएको छ भन्ने व्यहोरा उल्लेख भएको रहेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडको धितोपत्र कारोबार स्थगन गर्नको लागी कुन कानूनको आधारमा नेप्सेलाई पत्राचार गरिएको हो रु नेपाल धितोपत्र बोर्डलाई कुन कानूनले दिएको अधिकार प्रयोग गरिएको हो रु भन्ने सम्बन्धमा हामी निवेदक लगायतका आम लगानीकर्ता जान्न र बुझन उत्सुक भएको तथा संविधान प्रदत्त सम्पतिको अधिकारमा कानून विपरित कोहि कसैबाट बन्देज नलागोस र बन्देज लागेमा संविधान तथा कानूनले प्रदान गरेको अधिकार प्रयोग गर्न समेत सचेत भएकाले यो सूचना माग गरेका छौं । तसर्थ माग गरेको सूचना उपलब्ध गराइ दिनु हुन अनुरोध छ, ’ निवेदनमा उल्लेख गरिएको छ ।

संविधानको धारा २७ ले सूचनाको हकलाई मौलिक अधिकारमा समावेश गरेको उल्लेख गर्दै धारा २७ बमोजिम प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारको कुनै विषयको सूचना माग्ने र पाउने हक रहेको निवेदनमा जनाइ्रएको छ । निवेदनमा भनिएको छ, ‘मैले माग गरेको सूचना सार्वजनिक सरोकारको विषयसँग सम्बन्धीत छ। माग गरेको सूचना गोप्य राख्नु पर्ने प्रकृतिको समेत नभएकाले संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ७ बमोजिम यो निवेदन गरेका छौ माग गरेको सूचना उपलब्ध गराई पाउँ ।’

कर्णाली डेमलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि नेप्सेले बैंकको दोस्रो बजार सेयर कारोबार रोक्का गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?