National life

धितोपत्र बोर्डको अध्यक्षसँग अख्तियारले लियो बयान, आरोप प्रमाणित भए हदैसम्मको कारवाही

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ जेठ २०८२, बिहिबार
777Shares
धितोपत्र बोर्डको अध्यक्षसँग अख्तियारले लियो बयान, आरोप प्रमाणित भए हदैसम्मको कारवाही
ncell

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईपीओ स्वीकृति सम्बन्धमा अनियमितताको आशंका गर्दै नेपाल धितोपत्र बोर्डका पदाधिकारीसँग बयान लिएको छ । आईपीओ निष्कासन स्वीकृति दिनुअघि कमिसन मागेको आरोप निजी ऊर्जा उत्पादकहरूले लगाएपछि अख्तियारले बोर्डका पदाधिकारीसँग बयान लिएको हो।

अख्तियारले मंगलबार बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसहित उच्चपदस्थ कर्मचारीसँग बयान लिएको हो । गत बुधबार आईपीओ निष्कासन सम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको अख्तियारले आज आयोगमै बोलाएरै सोधपुछ गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यदि निजी ऊर्जा उत्पादकहरूले लगाएको आरोप प्रमाणित भए हदैसम्मको कारवाही हुने स्रोतले जनाएको छ।

आईपीओ स्वीकृतिका लागि पाँचदेखि सात प्रतिशतसम्म कमिसन मागेको सूचनापछि आयोगले छानबिन थालेको थियो । अहिले बोर्डले आईपीओका लागि अयोग्य भएका १४ कम्पनीको सूची पाइपलाइनबाट हटाएको छ । अझै आईपीओको पाइपलाइन सूचीमा ७५ कम्पनी छन् ।

यो समाचार शेयर गर्नुहोस्
777SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?