National life

धितोपत्र बोर्डको कारबाहीमा तीन ब्रोकर कम्पनी : १ करोड बढी जरिवाना, कुनलाई कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२८ फागुन २०८२, बिहिबार
1.2kShares
धितोपत्र बोर्डको कारबाहीमा तीन ब्रोकर कम्पनी : १ करोड बढी जरिवाना, कुनलाई कति ?
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गरेको ठहर गर्दै तीन ब्रोकर कम्पनीलाई कुल १ करोड १० लाख रुपैयाँ जरिवाना गरेको छ।

सेबोनका अनुसार सिप्ला सेक्युरिटिज लिमिटेड, श्रीकृष्ण सेक्युरिटिज लिमिटेड र हातेमालो फाइनान्सियल सर्भिसेज प्रालिलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी प्रावधान उल्लंघन गरेको पाइएपछि कारबाहीस्वरूप जरिवाना तोकिएको हो।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार सिप्ला सेक्युरिटिज लिमिटेडलाई ५० लाख रुपैयाँ, श्रीकृष्ण सेक्युरिटिज लिमिटेडलाई ३० लाख रुपैयाँ र हातेमालो फाइनान्सियल सर्भिसेज प्रालिलाई ३० लाख रुपैयाँ जरिवाना गरिएको सेबोनले जनाएको छ।

धितोपत्र बजारमा हुने कारोबारलाई पारदर्शी र नियमअनुसार सञ्चालन गराउने उद्देश्यले नियामक निकायले निगरानी कडाइ गर्दै यस्तो कारबाही गरिएको बताइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?