National life

ध्वजासहितको लिङ्गो ठड्याएर इन्द्रजात्राको प्रारम्भ, आठ दिनसम्म मनाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० भदौ २०८१, आइतबार
724Shares
ध्वजासहितको लिङ्गो ठड्याएर इन्द्रजात्राको प्रारम्भ, आठ दिनसम्म मनाइने
ncell

काठमाडौँ । आज भाद्र शुक्ल द्वादशी। आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्राको प्रारम्भ भएको छ।

वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्र ध्वजोत्थान गरिएको छ । शुभ साइतमा हनुमान ढोका कालभैरव क्षेत्रबाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्र ध्वजोत्थान गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इन्द्र ध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ। हनुमान ढोका अगाडि इन्द्र ध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ ।

काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धूमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ। असोज १ गते मङ्गलवार इन्द्रजात्राको मुख्य दिन हो । उक्त दिन सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ। सोही दिनमा राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा चलिआएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
724SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?