National life

नबिल बैंकको खुद नाफा १ अर्ब ७५ करोड, प्रतिशेयर आम्दानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२० कात्तिक २०८२, बिहिबार
1.4kShares
नबिल बैंकको खुद नाफा १ अर्ब ७५ करोड, प्रतिशेयर आम्दानी कति ?
ncell

काठमाडौं । नबिल बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार बैंकले चालु आवको पहिलो तीन महिनामा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आवको सोही अवधिमा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो, जसको तुलनामा यस वर्ष बैंकको नाफा झन्डै २९ करोड रुपैयाँले घटेको देखिन्छ। वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्म ३ अर्ब ९० करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत आवको यसै अवधिमा उक्त रकम ४ अर्ब १४ करोड २ लाख रुपैयाँ रहेको थियो। यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी गत आवको ५ अर्ब ३२ करोड ८८ लाख रुपैयाँबाट घटेर चालु आवमा ५ अर्ब २७ करोड ४१ लाख रुपैयाँमा झरेको छ। सञ्चालन नाफा पनि २ अर्ब ८९ करोड ३४ लाख रुपैयाँबाट घटेर २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (EPS) २९.८३ रुपैयाँबाट घटेर २५.४९ रुपैयाँमा आएको छ भने खराब कर्जा (NPL) १.४२ प्रतिशतबाट घटेर ०.९७ प्रतिशतमा सुधारिएको छ। बैंकको प्रतिशेयर नेटवर्थ २४०.७२ रुपैयाँ रहेको छ।

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको नबिल बैंकको जगेडा कोषमा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ र रिजर्भमा ३२ अर्ब ४३ करोड ९८ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख गरिएको छ। बैंकले समीक्षा अवधिसम्म ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ५ खर्ब ५६ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?