National life

नबिल बैंकमा रकम चोरी गरेका तीन जना भारतमा पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० वैशाख २०८१, बिहिबार
1.2kShares
नबिल बैंकमा रकम चोरी गरेका तीन जना भारतमा पक्राउ
ncell

काठमाडौँ । वीरगन्जको ब्रह्मचोकस्थित नबिल बैंकको बाइपास शाखामा रकम चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। उनीहरु भारतको बिहार स्थित मोतीहारी जिल्लामा पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा झरोखर थाना क्षेत्रका मन्टु कुमार, अर्जुन कुमार र दरपा थाना क्षेत्रकी सबिता देवी छन् । मोतीहारी जिल्लाको दरपा थाना क्षेत्र अन्तर्गत तिनकोनी गाउँबाट १८ लाखभन्दा बढी नेपाली रुपैयाँ तथा चोरीमा प्रयोग गरिने विभिन्न उपकरण समेत बरामद भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, एकथान घरेलु हतियार नलकटुवा, दुईथान गोली, लुटपाटको रकमबाट खरिद गरिएको एउटा सुनको औँठी, मोटरसाइकल र दुई थान मोबाइल, ड्रिल मेसिन, सिसिटीभि क्यामरा १ थान, सोल्डिङ मेसिन १ थान भारतीय प्रहरीले बरामद गरेको छ ।

भारतीय प्रहरीसँगको बयानमा उनीहरूले नबिल बैंकको रकम लुटेको स्वीकारेका थिए । गत सोमबार वीरगन्जस्थित नबिल बैंकको शाखाबाट १ करोडभन्दा बढी रकम लुटपाट भएको थियो । उनीहरूले भारतीय बजार ढाकामा दुई वटा पसलमा लुटेको आरोपमा पनि पक्राउ परेका हुन् । उनीहरूले केही दिनअघि एक जना हुन्डी कारोबारीको ४० लाख रुपैयाँ लुटेको समेत स्वीकारेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?