National life

नयाँ वर्ष नयाँ ब्याजदर: वैशाखका लागि कुन बैंकले कति दिदैछन् व्याज ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ वैशाख २०८२, सोमबार
653Shares
नयाँ वर्ष नयाँ ब्याजदर: वैशाखका लागि कुन बैंकले कति दिदैछन् व्याज ? (सूचिसहित)
ncell

काठमाडौँ । वैशाख महिना अर्थात आजदेखि लागुहुने गरी बैंकहरुले नयाँ व्याजदर निर्धारण गरेका छन् । जस अनुसार तीन वटा वाणिज्य बैंकले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने दुई वटाले घटाएका छन् । बाँकी १५ वटा बैंकले एक वर्षे मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् ।

वैशाख महिनाका लागि एक वर्षे मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६.०२५ प्रतिशत र न्यूनतम ४.०६१ प्रतिशत कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चैतमा मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६.०१४ र न्यूनतम ४.०५१ प्रतिशत रहेको थियो ।

यस्तै, २० वाणिज्य बैंकहरुमध्ये वैशाखका लागि साधारण बचतको ब्याजदर एउटा बैंकले बढाएको छ भने एउटाले घटाएको छ । जस अनुसार वाणिज्य बैंकहरुमा वैशाखका लागि साधारण बचतको औसत अधिकतम ब्याजदर ४.४१४ प्रतिशत र न्यूनतम ३.०१३ प्रतिशत कायम भएको छ ।

पछिल्ला हरेक महिना बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । सोही क्रममा वैशाखका लागि पनि नयाँ ब्याजदर प्रकाशित गरेका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
653SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?