National life

नवनियुक्त प्रधानमन्त्री ओली र केही मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ असार २०८१, सोमबार
753Shares
नवनियुक्त प्रधानमन्त्री ओली र केही मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
ncell

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालको ४५औँ प्रधानमन्त्रीका रूपमा ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

नेपाली कांग्रेस र नेकपा एमाले समर्थनमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री  नियुक्त गरेका थिए। प्रतिनिधिसभाका दुई ठुला राजनीतिक दल कांग्रेस र एमालेबीचको असार १७ मा भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्रपति पौडेलले असार २८मा प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न असार ३० अपराह्न ५ बजेसम्मको समय दिएका थिए।

नवनियुक्त प्रधानमन्त्री सहित राष्ट्रपति पौडेलले मन्त्रीहरूलाई समेत शपथ खुवाएका छन्। शपथ ग्रहण कार्यक्रममा शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
753SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?