National life

नाउपा संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०८ माघ २०८२, बिहिबार
933Shares
नाउपा संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द
ncell

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ। चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए।

निर्वाचन आयोगका अनुसार चौधरीको उम्मेदवारीविरुद्ध परेको उजुरीका आधारमा गरिएको जाँचपछि उम्मेदवारी रद्द गर्ने निर्णय गरिएको हो। यद्यपि उम्मेदवारी रद्द हुनुको विस्तृत कारण आयोगले सार्वजनिक गरिसकेको छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता लालविक्रम थापाविरुद्ध परेको उजुरीका सम्बन्धमा भने निर्वाचन आयोगले छलफललाई निरन्तरता दिएको छ। थापाले सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गराएका छन्।

आयोगका अनुसार विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारविरुद्ध कुल पाँचवटा उजुरी दर्ता भएका थिए। तीमध्ये तीनवटा उजुरी खारेज भइसकेका छन्। भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट रास्वपाका उम्मेदवार राजीव खत्री तथा नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठकविरुद्ध परेका उजुरी खारेज गरिएको आयोगले जनाएको छ।

यसैगरी, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारीविरुद्ध परेको उजुरी पनि खारेज भएको छ। नेपालले रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गरेका छन्। सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवार रहेका रास्वपाका नेता लालविक्रम थापाविरुद्ध परेको उजुरीमाथि भने आयोगमा छलफल जारी रहेको र अन्तिम निर्णय आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
933SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?