National life

नाडा अटो शो र नाइमा मोबिलिटी एक्स्पोमा के भिन्नता ? यस्ता ब्राण्डको हुँदैछ सहभागिता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ साउन २०८२, शुक्रबार
501Shares
नाडा अटो शो र नाइमा मोबिलिटी एक्स्पोमा के भिन्नता ? यस्ता ब्राण्डको हुँदैछ सहभागिता
ncell

काठमाडौँ । पछिल्ला केही वर्षहरूमा नेपालमा सवारीसाधन अपरिहार्य र अनिवार्य उपभोग्य वस्तु बन्न पुगेका छन् । यसले मानिसको दैनिकी र जीवनसँग प्रत्यक्ष सम्बन्ध राखिरहेको छ । मानव जीवनका अभिन्न अंग बनेका तिनै सवारीसाधन सम्बन्धी जानकारी दिने उद्देश्यले नेपालमा ग्राहकलक्षित अटो मेला आयोजना गर्ने थालनी नाडा अटोमोबाइल एसोसिएसनले गरेको थियो । यस पटक भने नेपाली बजारमा हुने अटो मेलाको दौडमा नाइमा नेपाल पनि मिसिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नाडाले वि.सं. २०५५ सालको कार्तिक १९ गतेदेखि २२ गतेसम्म पहिलो पटक नाडा अटो सो आयोजना गरेको थियो । नाडाको आयोजनामा यस पटक आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म १७औँ संस्करणको नाडा अटो सो हुँदैछ । यता स्थापनाको पहिलो वर्षमा हिँडिरहेको नाइमाले पहिलो पटक अटो शो आयोजना गर्ने आँट देखाएको हो । नाइमाले आगामी साउन २१ देखि २५ गतेसम्म नाइमा नेपाल मोबिलिटी एक्पो आयोजना गर्न लागेको छ । दुवै अटो मेला काठमाडौँको भृकुटीमण्डपमा हुने गरी कार्यक्रमको तालिका बनाइएको छ । नाडा नेपाल र नाइमा दुवै अटोमोबाइल व्यवसायीको उस्तै प्रकृतिको छाता संगठन भएपनि आयोजकहरू अटो मेला एकअर्काको भन्दा फरक हुने राय राख्छन् ।

लिगेसीलाई निरन्तरता दिने तयारीमा नाडा

नाडाले यस पटक हुने अटो मेलामा समग्र अटो क्षेत्रलाई समेट्ने तयारी भइरहेको जनाएको छ । नाडाका पदाधिकारीहरूका अनुसार यस वर्षको अटो शोमा नेपाली ब्रान्डहरूलाई विशेष प्राथमिकता दिइनेछ ।

नाडाका अध्यक्ष करण चौधरीले उक्त शोमा नेपाली ब्रान्डसहित अधिकांश स्पेयर पाट्र्स कम्पनीहरूले भाग लिने बताए । यस पटक आफूहरूले ग्राहक तथा अवलोकनकर्ताका लागि सरप्राइज दिने तयारी गरेको पनि उनले उल्लेख गरेका छन् ।

नाडा अटो शोमा एमएडब्लू, चौधरी ग्रुप, सिप्रदी ट्रेडिङ र बीवाइडीजस्ता ठूला समूहहरूको सहभागिता हुने निश्चित भइसकेको छ । सिप्रदी ट्रेडिङले टाटा गाडी तथा स्पेयर पाट्र्स प्रदर्शनी गर्नेछ ।

त्यस्तै, एमएडब्लू ग्रुपले डिपल, नामी, सेरेस ब्रान्डका गाडी तथा फोटोन र सोकोनजस्ता लाइट कमर्सियल गाडी प्रदर्शनी गर्नेछ। यामाहाका मोटरसाइकलहरू पनि प्रदर्शनीमा राखिनेछन् ।

बीवाइडीले भने नाडा र नाइमा दुवै शोमा भाग लिने पक्का भइसकेको छ । कम्पनीले नाडा अटो शोमा ३ देखि ४ नयाँ मोडलका गाडीहरू प्रदर्शन गर्ने तयारी गरेको छ ।

यसपटकको अटो शोमा सिएटलगायत थुप्रै टायर, लुब्रिकेन्ट्स र हेल्मेट कम्पनीहरू सहभागी हुँदैछन् । बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरूले अघिल्ला वर्षझैं यसपटक पनि स्टल राख्नेछन् ।

नाडा अटो शोमा नेपालमै उत्पादन भएका ब्रान्डहरूलाई विशेष प्राथमिकता दिइने नाडाले स्पष्ट पारेको छ । सिप्रदी र यात्रीको संयुक्त प्रयासमा बनेको ‘यात्री स्कुटर’को प्रोटोटाइप समेत यसपटकको शोमा सार्वजनिक गरिनेछ ।

यात्री कम्पनीले स्कुटर र मोटरसाइकल उत्पादन गर्दै आएको छ र नाडा अटो शोमार्फत सो स्कुटरलाई आम बजारमा ल्याउने तयारी गरिएको हो ।

चार पांग्रे सवारीतर्फ :

डीपाल, आवातर, डोङफेङ नाम्मी, सेरिज, टाटा, सुजुकी, टेस्ला, आयन, एक्सपेंग, रिडारा, स्काइ वेल, बिओवाईडी, फोटोन, बीएडब्लु ब्रुम्बी, जेवाई एयर, ब्लाभाल, एलएस अटो, जिनपेङ (१८ वटा स्टल)

दुई पांग्रे सवारीतर्फ :

हिरो, रॉयल एनफिल्ड, जोन्सन, यामाहा

साना मालवाहक सवारी (एलसिभी) तर्फ :

न्यु गोनो, डीएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सीजी केवाईसीरकिङलङ, मन्त्रा, स्काइवर्थ, काइनिउ, कावेईरनाभेको, सनलङ (१३ वटा स्टल)

पाटपुर्जा तथा सहायक उपकरणहरूतर्फ :

एसियन, गल्फ, डकहम्स, एटिएस एलजिआई, माफ्रा, म्याक्सशाइन, वेभेक्स÷कुरुमा, म्यास्सिमो नेपाल, मिशेलिन, लिक्वी मोली, एसटीसी राइड÷इनर्जी, सिएइटी टायर, जेकेरगुड टायर, स्पाइसर, भल्कन, आईटीआर÷एटिएफ÷युएसबी÷हबे, सिआईजी, केपीआई एण्ड कोहिनूर, म्यानेटेक, विद्युतीय चार्जर, टाटा ग्रिन, टोटल इनर्जी, स्टड्स÷एसएमके, माइक्रोबिज, होराइजन एफसीटी, म्याक, पीएलओ (४० भन्दा बढी स्टल)

नाइमा मोबिलिटी एक्स्पो २०२५ को तयारी यस्तो

नाइमा नेपालकी अध्यक्ष ऋतुसिंह वैद्य नाडा अटो शोको तुलनामा नाइमा मोबिलिटी एक्स्पोको ढाँचा नै फरक हुने दाबी गर्छिन् । एक्स्पोमा ग्राहकहरूका लागि लर्निङ प्रोग्राम समेत सञ्चालन गरिने उनको भनाइ थियो ।

मोबिलिटी एक्स्पोमा ४८ वटा स्टल रहनेछन् जहाँ नेपाललाई कार्यक्षेत्र बनाएका लगभग सबै ब्राण्डको उपस्थिति हुने आशा गरिएको छ ।

नाइमाले गत गत वैशाख २२ देखि २९ गतेसम्म एक्स्पोमा सहभागी हुन चाहने ब्राण्डका लागि स्टल बुकिङ खुलाएको थियो । जसमा दुईपाँग्रे, चारपाँग्रे र कमर्शियल गरी ५० ब्राण्डले स्टल बुकिङ गरेका थिए । नाइमा मोबिलिटी एक्स्पोमा २३ वटा चारपाँग्रे, १९ वटा दुईपाँग्रे र ८ वटा कमर्शियल ब्राण्ड सहभागी हुने बताइएको छ ।

यी हुन् नाइमा मोबिलिटी एक्स्पोमा सहभागी हुने ब्राण्डहरू

चारपाँग्रे : बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडारजेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फस्कवागेन र जीकर ।

दुईपाँग्रे : एम्पियर, एथर, बजाज, बेनिली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहो ।
कमर्शियल : चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलोङ र सनलङ ।

यो समाचार शेयर गर्नुहोस्
501SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?