National life

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशन गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ भदौ २०८२, आइतबार
423Shares
नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशन गर्दै
ncell

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आगामी असोज २ गतेदेखि चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ।

यसअन्तर्गत बैंकले कुल २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरको प्रति सेयर सय रुपैयाँ अंकित मूल्यका दरले २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर जारी गर्नेछ।

यसका लागि बैंकले भदौ ९ गते बुक क्लोज गरिसकेको छ। भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले असोज २२ गतेसम्म आवेदन दिन सक्नेछन्।

Royal Enfield
nic asia capital
हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले वहन गर्नेछ।

हाल बैंकको चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपछि यो रकम बढेर ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ।

तर, बैंकको वित्तीय स्थिति भने चुनौतीपूर्ण बनेको छ। क्रेडिट रेटिङ गर्ने निकाय इक्रा नेपालले यस हकप्रद निष्काशनका लागि बैंकलाई सी प्लस रेटिङ दिएको छ जसले बैंकको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

गत आर्थिक वर्षमा बैंकको निष्क्रिय कर्जा (एनपीएल) ५० प्रतिशतभन्दा माथि पुगेको छ। आर्थिक वर्ष २०७८/७९ मा २.९४ प्रतिशत रहेको एनपीएल २०७९/८० मा बढेर १८.४ प्रतिशत पुगेको थियो। त्यसपछि क्रमशः बढ्दै २०८०/८१ मा ३५.२१ प्रतिशत र २०८१/८२ मा ५०.९७ प्रतिशतसम्म पुगेको छ।

नेपाल राष्ट्र बैंकले वित्तीय सुधारका लागि बैंकलाई निर्देशन दिइसकेको छ। राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले नारायणी डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा हुन सक्ने सम्भावना रहेको बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
423SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?