National life

निजी विद्यालयका शिक्षकलाई सरकारी सरह तलबको व्यवस्था गर्न बालेनको निर्देशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ असार २०८०, बिहिबार
554Shares
निजी विद्यालयका शिक्षकलाई सरकारी सरह तलबको व्यवस्था गर्न बालेनको निर्देशन
ncell

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निजी विद्यालयका शिक्षकहरूलाई सामुदायिक विद्यालयसरहको तलबको व्यवस्था गर्न निर्देशन दिएका छन् । मेयर शाहले काठमाडौं महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहको तलबको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

उनले शिक्षा ऐनमा संस्थागत विद्यालयको शिक्षकलाई तोकिएको तलब प्रदान गर्न निर्देशन दिएका हुन् ।

मेयर बालेनले भनेका छन्, ‘शिक्षा ऐन, २०२८’ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ ।’

सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि उपलब्ध गराउन सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिएको उनले बताए ।

यो समाचार शेयर गर्नुहोस्
554SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?