National life

निर्जीवन बीमाको व्यापार १४% ले वृद्धि : कारोबार २० अर्ब नजिक, कुन प्रदेशमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२५ पुस २०८२, शुक्रबार
1.2kShares
निर्जीवन बीमाको व्यापार १४% ले वृद्धि : कारोबार २० अर्ब नजिक, कुन प्रदेशमा कति ?
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनासम्म नेपालका निर्जीवन बीमा कम्पनीहरूले करिब २० अर्ब रुपैयाँ बराबरको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणका तथ्यांक अनुसार देशभर सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले मंसिरसम्म कुल १९ अर्ब ९८ करोड ५६ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन्।

अघिल्लो वर्ष सोही अवधिमा व्यापार १७ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ थियो। यसरी, चालु वर्षमा निर्जीवन बीमाको कारोबारमा १४.१० प्रतिशतको वृद्धि देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रदेशगत वितरण हेर्दा बागमती प्रदेश सर्वाधिक बीमाशुल्क संकलन गर्ने प्रदेश बनेको छ। यस प्रदेशबाट मात्र १३ अर्ब ६२ करोड ५४ लाख रुपैयाँ बराबरको व्यापार भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १७.१९ प्रतिशतले बढी हो। कुल व्यापारमा बागमतीको हिस्सा ६८.१८ प्रतिशत रहेको छ।

दोस्रो स्थानमा लुम्बिनी प्रदेश छ, जहाँ १ अर्ब ७१ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क उठाइएको छ, कुल व्यापारको ८.६१ प्रतिशत हिस्सा ओगट्दै। कोशी प्रदेशले १ अर्ब ६६ करोड ९ लाख रुपैयाँ (८.३१ प्रतिशत) संकलन गरेको छ।

अन्य प्रदेशहरूको विवरण अनुसार, मंसिरसम्म मधेश प्रदेशबाट १ अर्ब ३१ करोड २५ लाख, गण्डकी प्रदेशबाट १ अर्ब ५५ लाख, सुदूरपश्चिम प्रदेशबाट ४७ करोड ५० लाख, र कर्णाली प्रदेशबाट १८ करोड ६१ लाख रुपैयाँ बीमाशुल्क उठेको छ। कुल व्यापारमा मधेशको ६.५७ प्रतिशत, गण्डकीको ५.०३ प्रतिशत, सुदूरपश्चिमको २.६८ प्रतिशत र कर्णालीको ०.९३ प्रतिशत हिस्सा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?