काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को भदौ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ८ करोडमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङक अनुसार यी कम्पनीहरुले ४ लाख ८ हजार ९७३ वटा बीमालेख जारी गरी ७ अर्ब ८ करोड ४८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।
सञ्चालनमा रहेका १४ निर्जीवन बिमा कम्पनीले साउनमा भन्दा भदौमा ८९ करोड कम बिमाशुल्क आर्जन गरेका हुन् ।यस अवधिमा कम्पनीहरुको व्यवसाय गत साउन महिनाको तुलनामा भदौं महिनामा २२.२५ प्रतिशतले घटेको देखिएको छ ।
साउन र भदौमा गरी बीमा कम्पनीले ७ अर्ब ८ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । प्राधिकरणका अनुसार भदौ महिनामा १ लाख ९५ हजार १७० वटा बीमालेख जारी भएको छ भने भदौ महिनासम्म ४ लाख ८ हजार ९७३ वटा बीमालेख जारी भएका छन् ।
भदौमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । भदौमा सगरमाथाले ३६ करोड ३१ लाख ३७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो ।
त्यस्तै,दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ३२ करोड ५५ लाख ८९ रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० करोड ९१ लाख ५३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले २९ करोड ८४ लाख २ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्सले २७ करोड ६५ लाख ९४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २४ करोड ५९ लाख ८९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले २१ करोड ८४ लाख ४४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सानिमा जीआईसीले २० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । युनाइटेड अजोड इन्स्योरेन्सले १८ करोड ८३ लाख ७० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
एनएलजी इन्स्योरेन्सले १८ करोड ८१ लाख २७ हजार, प्रभु इन्स्योरेन्सले १६ करोड ३६ लाख ९० हजार, नेसनल इन्स्योरेन्सले १० करोड ४५ लाख ७९ हजार, दि ओरिएन्टल इन्स्योरेन्सले १२ करोड २७ लाख र नेपाल इन्स्योरेन्स कम्पनीले ८ करोड ४२ लाख १० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी बीमालेख जारी गर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले भदौमा २३ हजार ६७७ वटा बीमालेख जारी गरेको छ । यस्तै नेको इन्स्योरेन्सले २२ हजार ७०२ वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २२ हजार ४७८ र शिखर इन्स्योरेन्सले २० हजार ६०३ वटा बीमालेख जारी गरेको छ ।
नेपाल इन्स्योरेन्सले १२ हजार ८३५, दी ओरिएन्टलले २ हजार ९४७, राष्ट्रिय बीमा कम्पनीले ३ हजार ९१, नेसनलले ३ हजार १०७, प्रभुले ७ हजार ३२१, हिमालयन एभरेष्टले १७ हजार ९१७, एनएलजीले १४ हजार ८५५, सानिमा जीआईसीले ११ हजार ३, आईजीआई प्रुडेन्सियलले १७ हजार ३९६ र युनाइटेड अजोडले १५ हजार २३८ वटा बीमालेख जारी गरेको छ ।































