National life

निर्जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन १३.११ % ले वृद्धि, शिखर शीर्ष भागमा

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१० चैत २०८२, मङ्गलबार
988Shares
निर्जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन १३.११ % ले वृद्धि, शिखर शीर्ष भागमा
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को फागुन मसान्तसम्ममा नेपालमा सञ्चालन भएका १४ निर्जीवन बीमा कम्पनीहरूले ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा यो रकम १३.११ प्रतिशतले वृद्धि भएको बीमा प्राधिकरणले जनाएको छ।

विशेषगरी, शिखर इन्स्योरेन्सले सबैभन्दा बढी चार अर्ब ३८ करोड ५४ लाख रुपैयाँ बीमा व्यवसाय गरेर शीर्ष स्थान हासिल गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीको व्यवसाय गत वर्षको सोही अवधिसँग तुलना गर्दा ९.२५ प्रतिशतले वृद्धि भएको छ।

दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ३६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ, जुन गत वर्षको तुलनामा १.३२ प्रतिशतले वृद्धि भएको हो। त्यस्तै,  हिमालयन एभरेष्ट इन्स्योरेन्सको व्यवसाय ४५.१५ प्रतिशतले वृद्धि भएर ३ अर्ब २० करोड पुगेको छ भने सिद्धार्थ प्रिमियरले १.३९ प्रतिशत वृद्धि हुँदै २ अर्ब ७९ करोड, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १२.९९ प्रतिशतले बढेर २ अर्ब ६८ करोड रुपैयाँ आर्जन गरेको छ।

यता, एनएलजी इन्स्योरेन्सले ३६.२२ प्रतिशतले बढेर २ अर्ब ५३ करोड र नेको इन्स्योरेन्सले ९.१४ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ३९ करोड रुपैयाँ आर्जन गरेको छ। साना र मध्यम बीमा कम्पनीहरूमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। युनाइटेड अजोडको व्यवसाय २२.७९ प्रतिशतले बढेर १ अर्ब ९६ रुपैयाँ पुगेको छ ।

साथै,  दि ओरियन्टल १४.१० प्रतिशतले बढेर १ अर्ब ९४ करोड, सानिमा जिआईसी १३.६८ प्रतिशतले बढेर १ अर्ब ७८ करोड, नेपाल इन्स्योरेन्स ६.६९ प्रतिशतले बढेर १ अर्ब ४९ करोड, प्रभु इन्स्योरेन्स ४.५४ प्रतिशतले बढेर १ अर्ब २१ करोड र नेशनल इन्स्योरेन्स १३.६० प्रतिशतले बढेर ८६ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

तर सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको व्यवसायमा गिरावट देखिएको छ। कम्पनीको व्यवसाय २.७९ प्रतिशत घटेर एक अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ।

यो समाचार शेयर गर्नुहोस्
988SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?