National life

निर्जीवन बीमा कम्पनीको व्यवसाय ६.७७ प्रतिशतले बढ्यो ,कसले कति प्रिमियम संकलन गरे ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ साउन २०८२, शुक्रबार
673Shares
निर्जीवन बीमा कम्पनीको व्यवसाय ६.७७ प्रतिशतले बढ्यो ,कसले कति प्रिमियम संकलन गरे ?
ncell

निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा झनै ४४ अर्ब रुपैयाँ प्रिमिमय संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार आव २०८१–८२ मा १४ निर्जीवन बीमा कम्पनीले ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।

आव २०८१–८१ को तुलनामा यो बीमाशुल्क रकम ६।७७ प्रतिशत बढी हो । अघिल्लो आवमा निर्जीवन बीमकहरुले ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत आवमा सबैभन्दा बढी व्यवसाय भित्र्याउनेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले ५ अर्ब ७९ क रोड ४२ लाख रुपैयाँ प्रिमियम संकलन गरी सबैभन्दा बढी व्यवसाय भित्र्याउने कम्पनी बनेको छ ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ अर्ब २ करोड, हिमालयन एभरेष्टले ४ अर्ब १० करोड, आइजीआई प्रुडेन्सियले ३ अर्ब ८६ करोड, नेको इन्स्योरेन्सले ३ अर्ब २८ करोड, एनएलजी इन्स्योरेन्सले ३ अर्ब ६ करोड, युनाइटेड अजोडले २ अर्ब ७८ करोड, द ओरियन्टल इन्स्योरेन्सले २ अर्ब ७० करोड, सानिमा जिआइसीले २ अर्ब ७० करोड, नेपाल इन्स्योरेन्सले २ अर्ब ३ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ८६ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३७ करोड र नेशनलन इन्स्योरेन्सले १ अर्ब ६ करोड रुपैयाँ प्रिमियम भित्र्याएका छन् ।

अघिल्लो आवको तुलनामा गत आवमा राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्सको मात्रै व्यवसाय घटेको छ भने सबै बीमा कम्पनीको व्यवसाय बढेको छ ।

बीमा शुल्क संकलन लाखमा

 

यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?