काठमाडौं । नेपालमा संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्ममा साढे १२ अर्ब रुपैयाँ माथि कुल बीमाशुल्क आर्जन गरेका छन् । सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले ६ लाख ८८ हजार ९८२ वटा बीमा पोलिसी बिक्री गरी १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बीमाशुल्क संकलन गरेको छ । कम्पनीले १ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
यस समिक्षा अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले १ अर्ब २२ करोड ४३ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब २ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
असोज मसान्तसम्ममा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ९९ करोड ६ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ९२ करोड ८३ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ८८ कारेड २९ लाख रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सले ७८ करोड ८५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ७० करोड ६२ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले ६८ करोड १८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ५० करोड ५६ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ४२ करोड ८४ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ४१ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।































