National life

निर्जीवन बीमा कम्पनीहरुको प्रिमियम संकलन १३.४५% ले बढ्यो, कसको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१२ फागुन २०८२, मङ्गलबार
653Shares
निर्जीवन बीमा कम्पनीहरुको प्रिमियम संकलन १३.४५% ले बढ्यो, कसको कति ?
ncell

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो ७ महिनामा निर्जीवन बीमा कम्पनीहरूले २७ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन्। १४ कम्पनीको यो कुल कारोबार गत वर्षको सोही अवधिसँग तुलना गर्दा १३.४५ प्रतिशतले बढी हो। गत वर्षका सोही समयमा निर्जीवन बीमा कम्पनीहरूले २४ अर्ब २७ करोड रुपैयाँ प्रिमियम आर्जन गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीबाहेक अन्य सबै कम्पनीहरूको व्यवसायमा उल्लेखनीय वृद्धि देखिएको छ।माघ मसान्तसम्मको रिपोर्टअनुसार, सर्वाधिक प्रिमियम शिखर इन्स्योरेन्सले आर्जन गरेको छ, जसको कुल कारोबार ३ अर्ब ३२ करोड ४ लाख रुपैयाँ पुगेको छ। यसले गत वर्षको तुलनामा करिब ६ प्रतिशत बृद्धि देखाएको छ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ९८ करोड ९६ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ८३ करोड ९३ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ५१ करोड ४९ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ३८ करोड ६ लाख, र एनएलजी इन्स्योरेन्सले २ अर्ब १८ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ।

त्यसैगरी, नेको इन्स्योरेन्सले २ अर्ब १५ करोड १५ लाख, युनाइटेड अजोड इन्स्योरेन्स १ अर्ब ७५ करोड ७३ लाख, द ओरियण्टल इन्स्योरेन्सले १ अर्ब ६८ करोड ७५ लाख, सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब ६० करोड १४ लाख, नेपाल इन्स्योरेन्सले १ अर्ब ३४ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ७ करोड ८ लाख, राष्ट्रिय बीमा कम्पनीले ८९ करोड २४ लाख, र नेशनल इन्स्योरेन्सले ७९ करोड ९६ लाख रुपैयाँको प्रिमियम आर्जन गरेको छ।

गत वर्षको तुलनामा व्यवसाय वृद्धिमा हिमालयन एभरेष्ट इन्स्योरेन्स सर्वाधिक अगाडि छ, जसले ४७.७४ प्रतिशतले आफ्नो प्रिमियम संकलन बढाएको छ।

यो समाचार शेयर गर्नुहोस्
653SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?