National life

निर्जीवन बीमा कम्पनीहरूले ८ महिनामा गरे २८ अर्ब बढीको बीमा शुल्क आर्जन, कुनले कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० चैत २०८१, आइतबार
998Shares
निर्जीवन बीमा कम्पनीहरूले ८ महिनामा गरे २८ अर्ब बढीको बीमा शुल्क आर्जन, कुनले कति ?
ncell

काठमाडौँ। चालु आर्थिक वर्षको ८ महिनामा निर्जीवन बीमा कम्पनीहरूले २८ अर्ब दुई करोड बढी रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

नेपाल बीमा प्राधिकरणले आज (आइतबार) सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरूले २८ अर्ब दुई करोड ८८ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

८ महिनाको अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा बढी व्यवसाय गरेको छ। कम्पनीले उक्त अवधिमा चार अर्ब एक करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, बीमा शुल्क आर्जनको आधारमा दोस्रो नम्बरमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले तीन अर्ब ३२ करोड रुपैयाँ आर्जन गरेको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दुई अर्ब ७५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको गर्दै तेस्रो नम्बरमा रहेको छ । यस अवधिमा आइजीआई प्रुडेन्यिसल इन्स्योरेन्सले दुई अर्ब ३७ करोड रुपैयाँ आर्जन गरेको प्राधिकरणले जनाएको छ ।

साथै उल्लेखित अवभिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले दुई अर्ब २१ करोड रुपैया, नेको इन्स्योरेन्सले दुई अर्ब १९ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले एक अर्ब ८५ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
998SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?