National life

निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा आक्रामक बढोत्तरी, शिखरको दबदबा कायमै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० चैत २०८१, आइतबार
597Shares
निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा आक्रामक बढोत्तरी, शिखरको दबदबा कायमै
ncell

काठमाडौँ। निर्जीवन बीमा कम्पनीहरूले फागुन महिनामा मात्रै ३ अर्ब ७५ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

प्राधिकरणले आज (आइतबार) प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरूको फागुन महिनाको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका निर्जीवन कम्पनीहरूले उक्त रकम बराबरको बीमा शुल्क आर्जन गरेका हुन ।

गत आर्थिक वर्षको फागुन सोही अवधिको तुलनामा कम्पनीको व्यवसाय २.९२ प्रतिशतले बढेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको फागुनमा निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थिए ।

चालु आर्थिक वर्षको माघ महिनामा शिखर इन्स्योरेन्सले ७.१५ प्रतिशतले व्यवसायमा बृद्धि गर्दै ८८ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ । यो बीमा शुल्क निर्जीवन बीमा कम्पनीहरू मध्यकै बढी हो ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले एक महिनाको अवधिमा ३८ करोड ६८ लाख रुपियाँको व्यवसाय गरेको हो । कम्पनीको व्यवसायको आधारमा दोस्रो स्थानमा रहेको छ ।

फागुन महिनामा मात्रै सर्वाधिक व्यवसायी वृद्धिमा भने हिमालयन एभरेष्ट र द ओरियन्टल रहेको छ । कम्पनीहरूले क्रमशः३१.०३ प्रतिशतले बढाएर २८ करोड ८७ लाख र द ओरियन्टलले ४७.४४ प्रतिशतले बढाएर १७ करोड रुपैयाँको व्यवसायी गरेका हुन् ।

चालु आर्थिक वर्षको फागुनमा आइजिआई इन्स्योरेन्सको ३.७६ प्रतिशतले घटेर ३४ करोड ९१ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५.२५ प्रतिशतले बढेर ३० करोड ६५ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको ०.१५ प्रतिशतले घटेर २४ करोड ४६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै बाकी रहेका एनएलजि इन्स्योरेन्सले २८.५८ प्रतिशतले बढाएर २३ करोड ७५ लाख, युनाइटेड अजोड इन्स्योरेन्सले ११.८५ प्रतिशतले घटेर १९ करोड ७१ लाख, सानिमा जिआईसि इन्स्योरेन्सको १२.४४ प्रतिशतले बढेर १८ करोड ५७ लाख, राष्ट्रिय बीमा कम्पनीको ४६.८६ प्रतिशतले घटेर १५ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

साथै, शिखर इन्स्योरेन्सको २९ करोड २ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको २५ करोड ५१ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियलको २३ करोड ३९ लाख रुपैयाँ, हिमालयन एभरेष्टको २३ करोड १० लाख रुपैयाँ, सानिमा जिआईसिको १९ करोड ३ लाख रुपैयाँ र एनएलजिको १८ करोड ९७ लाख रुपैयाँ पुगेको छ।

एक महिनाको अवधिमा नेपाल इन्स्योरेन्सको १७ करोड २३ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको १५ करोड ३ लाख रुपैयाँ, ओरियन्टलको ९ करोड ९ लाख, नेशनल इन्स्योरेन्सको ७ करोड २७ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीको ४ करोड १० लाख रुपैयाँ रहेको छ ।

                                                                                                                         रकम लाखमा

यो समाचार शेयर गर्नुहोस्
597SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?