National life

निर्जीवन बीमा व्यवसाय १३.४६% ले बढ्यो : व्यवसाय वृद्धिमा हिमालयन एभरेष्ट पहिलो ,कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|११ पुस २०८२, शुक्रबार
1.1kShares
निर्जीवन बीमा व्यवसाय १३.४६% ले बढ्यो : व्यवसाय वृद्धिमा हिमालयन एभरेष्ट पहिलो ,कुनको कति ?
ncell

काठमाडौं। चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसाय उल्लेखनीय रूपमा बढेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्जीवन बीमा व्यवसाय १३.४६ प्रतिशतले वृद्धि भएको हो। बीमा बजार विस्तार,जोखिमप्रति बढ्दो सचेतना र संस्थागत बीमाको मागले निर्जीवन बीमा क्षेत्रलाई थप गतिशील बनाएको देखिन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको मंसिर महिनासम्म निर्जीवन बीमा कम्पनीहरूले कुल १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिसम्म भने कम्पनीहरूले १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ मात्र बीमाशुल्क संकलन गरेका थिए। यसले समग्र रूपमा निर्जीवन बीमा बजार विस्तार भएको संकेत देखिएको छ ।

व्यवसाय वृद्धिको आधारमा हेर्दा हिमालयन एभरेष्ट इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले गत वर्षको तुलनामा ४३.२६ प्रतिशतले व्यवसाय वृद्धि गर्दै निर्जीवन बीमा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ। यसको विपरीत, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी (आरबीसीएल) को अवस्था भने चिन्ताजनक देखिएको छ। मंसिर मसान्तसम्म आइपुग्दा कम्पनीको कुल बीमाशुल्क गत वर्षको तुलनामा २६ प्रतिशतले घटेको प्राधिकरणको तथ्यांकले देखाएको छ।

कुल बीमाशुल्क संकलनको आधारमा सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्सले सबैभन्दा धेरै २ अर्ब २१ करोड ९२ लाख रुपैयाँको व्यवसाय गर्दै शीर्ष स्थान कायम राखेको छ। त्यसपछि शिखर इन्स्योरेन्सले २ अर्ब १५ करोड ५ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ७० लाख रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ८६ करोड ५४ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन्।

त्यसैगरी,एनएलजी इन्स्योरेन्सले १ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३१ करोड २१ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब २२ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । दि ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ११ करोड ७१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब १ करोड ७२ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७९ करोड ८५ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ६० करोड ६८ लाख रुपैयाँ र सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीले ४९ करोड ३० लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ।

वृद्धिदरको आधारमा हेर्दा हिमालयन एभरेष्टपछि एनएलजी इन्स्योरेन्सले ३९.६० प्रतिशत, यूनाइटेड अजोड इन्स्योरेन्सले २७.९५ प्रतिशत, शिखर इन्स्योरेन्सले २३.४१ प्रतिशत, सानिमा जीआईसी इन्स्योरेन्सले २२.४६ प्रतिशत र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १४.६५ प्रतिशतले व्यवसाय वृद्धि गरेका छन्। त्यस्तै नेशनल इन्स्योरेन्सको ११.६६ प्रतिशत, नेपाल इन्स्योरेन्सको ७.६८ प्रतिशत, सिद्धार्थ प्रिमियरको ५.४८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ४.१४ प्रतिशत, नेको इन्स्योरेन्सको २.१६ प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.८८ प्रतिशतले व्यवसाय बढेको छ।

यद्यपि सबै कम्पनीहरूको अवस्था सकारात्मक छैन। तथ्यांकअनुसार दि ओरियन्टल इन्स्योरेन्सको व्यवसाय ०.८७ प्रतिशतले घटेको छ भने राष्ट्रिय बीमा कम्पनीको कुल बीमाशुल्क २६.५३ प्रतिशतले खुम्चिएको छ। समग्रमा भने निर्जीवन बीमा क्षेत्रले मंसिर मसान्तसम्म सन्तोषजनक वृद्धिदर कायम राख्दै अर्थतन्त्रमा आफ्नो योगदान विस्तार गरिरहेको देखिन्छ।

                                                                                              (रकम : रुपैयाँ लाखमा)

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?