National life

निर्यात ४४ प्रतिशतले बढ्दा पनि व्यापार घाटा ७ खर्ब ९७ अर्ब नाघ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०७ माघ २०८२, बुधबार
1.3kShares
निर्यात ४४ प्रतिशतले बढ्दा पनि व्यापार घाटा ७ खर्ब ९७ अर्ब नाघ्यो
ncell

काठमाडौँ। मुलुकको वैदेशिक व्यापार घाटा सात खर्ब ९७ अर्ब रुपैयाँ नाघेको छ। निर्यातमा वृद्धि देखिए पनि आयातको आकार अझै ठूलो रहँदा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामै व्यापार घाटा ७ खर्ब ९७ अर्ब ४८ लाख रुपैयाँ पुगेको हो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.३६ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको पहिलो छ महिनामा व्यापार घाटा ७ खर्ब १३ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म नेपालले कुल ९ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ बराबरको आयात गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.१८ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष पुस मसान्तसम्म कुल आयात ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबर रहेको थियो।

यद्यपि, यस अवधिमा निर्याततर्फ भने उत्साहजनक सुधार देखिएको छ। पुस मसान्तसम्म निर्यात १ खर्ब ४२ अर्ब १ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३.७६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पुससम्म निर्यात ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँमा सीमित थियो।

आयात–निर्यात अनुपातमा समेत केही सुधार देखिएको छ। अघिल्लो वर्ष ८.३२ रहेको आयात–निर्यात अनुपात चालु आर्थिक वर्षमा घटेर ६.६१ मा झरेको छ। यसले निर्यातको वृद्धिसँगै व्यापार संरचनामा क्रमिक सुधारको संकेत गरेको छ। कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि बढेको छ। अघिल्लो वर्ष १०.७२ प्रतिशत रहेको निर्यात हिस्सा चालु वर्षमा बढेर १३.१४ प्रतिशत पुगेको छ।

त्यसैगरी आयातको हिस्सा ८९.२८ प्रतिशतबाट घटेर ८६.८६ प्रतिशतमा सीमित भएको छ। यद्यपि निर्यातमा आएको सुधार सकारात्मक संकेत भए पनि आयातको उच्च निर्भरता कायमै रहेकाले वैदेशिक व्यापार घाटा अझै चुनौतीपूर्ण अवस्थामै रहेको देखिन्छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?