National life

नीति तथा कार्यक्रममा सबै सम्पतिको अनिवार्य बीमा गर्ने नीति ल्याउन बीमाविद्को सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२८ वैशाख २०८३, सोमबार
4.6kShares
नीति तथा कार्यक्रममा सबै सम्पतिको अनिवार्य बीमा गर्ने नीति ल्याउन बीमाविद्को सुझाव
ncell

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षका लागि आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। यसै सन्दर्भमा आर्थिक भ्वाइसले बीमाविद् डा. रविन्द्र घिमिरेसँग आगामी बजेट र नीति तथा कार्यक्रममा बीमा क्षेत्रलाई कसरी समेट्न आवश्यक देख्नुहुन्छ भन्ने विषयमा विस्तृत छलफल गरेको छ।

डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
घिमिरेले बीमा क्षेत्रलाई नेपालको आर्थिक तथा सामाजिक सुरक्षाको अत्यन्त महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सरकारले यसलाई अझ व्यवस्थित, अनिवार्य र पहुँचयोग्य बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

स्वास्थ्य बीमामा सुधार र अनिवार्यता आवश्यक

अन्तर्वार्ताको क्रममा उनले सबैभन्दा पहिले स्वास्थ्य बीमालाई प्राथमिकतामा राख्नुपर्ने बताए। हाल नेपालमा स्वास्थ्य बीमा ऐच्छिक रुपमा रहेको उल्लेख गर्दै उनले यसलाई अनिवार्य बनाउनु पर्ने सुझाव दिए।

उनका अनुसार, अहिलेको स्वास्थ्य बीमा प्रणालीमा प्रिमियम संकलन, दाबी भुक्तानी र सेवाको गुणस्तरबीच असन्तुलन देखिन्छ।

“स्वास्थ्य बीमा सबै नागरिकका लागि अनिवार्य हुनुपर्छ। अहिले यो ऐच्छिक भएकाले धेरै समस्या देखिएको छ।” उनले भने।

उनले बीमा प्रणालीलाई व्यवस्थित बनाउन अस्पताल, सेवा प्रदायक र बीमा कम्पनीबीचको समन्वय मजबुत बनाउनुपर्नेमा जोड दिए। विशेषगरी ठूला र विशेषज्ञ अस्पतालमा उपचार गर्दा बीमा प्रणाली अझ प्रभावकारी हुनुपर्ने उनको धारणा छ।

सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउनुपर्छ

यस्तै बीमाविद् डा. घिमिरेले सामाजिक सुरक्षा प्रणालीमा निजी क्षेत्रका कामदार, मजदुर तथा असंगठित क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई लक्षित गरेर व्यापक सुरक्षा योजना आवश्यक बताएका छन्।

उनले भने, “सामाजिक सुरक्षा कोषमा पनि प्रभावकारी रिटायरमेन्ट प्लान ल्याउन आवश्यक छ। भविष्यमा रोजगारदाताको सुरक्षा सुनिश्चतता हुने किसिमका नीतिहरु ल्याउनुपर्छ।”

सम्पत्ति तथा घर बीमामा अनिवार्यता आवश्यक

डा. घिमिरेले सम्पत्ति बीमा विशेषगरी घर तथा व्यवसायिक संरचनामा अनिवार्य गर्नुपर्ने नीति ल्याउन पनि सुझाव पनि दिएका छन्। नेपालजस्तो प्राकृतिक विपद् बढी हुने देशमा सम्पत्ति बीमा अत्यन्त आवश्यक रहेको उनको भनाई छ।

उनका अनुसार ठूलो मूल्यका घर, भवन तथा व्यवसायिक संरचनामा बीमा अनिवार्य गरिएमा क्षतिको जोखिम न्यून गर्न सकिन्छ।

उनले भने, “हरेक नेपालीको सम्पतिको सुरक्षा हुन आवश्यक छ, त्यसकारण सम्पति बीमा अनिवार्य गरिनुपर्छ। जति बढी मानिसहरु बीमाको दायरामा आए, त्यति कम प्रिमियम तिर्नुपर्छ। यसरी सबै नेपालीमाझ बीमाको पहुँचलाई फराकिलो बनाउन सकिन्छ।”

यसरी स्वास्थ्य, सामाजिक सुरक्षा तथा सम्पत्ति बीमालाई प्रभावकारी र अनिवार्य बनाउँदै सरकारले स्पष्ट नीतिगत मार्गचित्र कोर्न सकेमा मात्र हरेक नेपालीको आर्थिक सुरक्षा सुनिश्चित हुन सक्ने बीमाविद् डा. रविन्द्र घिमिरेको धारणा छ।

विशेषगरी स्वास्थ्य बीमालाई अनिवार्य बनाउने, सामाजिक सुरक्षा कोषलाई सबै श्रमिकसम्म विस्तार गर्ने र घर तथा सम्पत्ति बीमालाई जोखिमअनुसार संरचित गर्ने हो भने नागरिकको आर्थिक सुरक्षा मजबुत हुने घिमिरेको विश्वास छ।

यो समाचार शेयर गर्नुहोस्
4.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?