National life

नेको इन्सुरेन्सको खुद बीमा शुल्क आर्जन १४.३९ % ले बढ्यो,अन्य सूचक यस्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० वैशाख २०८२, मङ्गलबार
1.3kShares
नेको इन्सुरेन्सको खुद बीमा शुल्क आर्जन १४.३९ % ले बढ्यो,अन्य सूचक यस्ता
ncell

काठमाडौं। नेको इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय बिवरण अनुसार यस अवधिमा कम्पनीले ३६ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको छ। जुन गत आवको भन्दा २.१६ प्रतिशतले कम हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ३७ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन १४.३९ प्रतिशतले बढेर १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १ अर्ब ७ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको कुल आम्दानी १ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने कम्पनीको कुल आम्दानी १ अर्ब ६४ करोड रहेको थियो ।

त्यस्तै ,कम्पनीले १ अर्ब २३ करोड रुपैयाँ बराबरको कुल खर्च गरेको छ । कम्पनीले महाविपत्ती कोषको आकार १५ करोड ६७ लाख रहेको छ।

समिक्षा अवधिमा कम्पनीको स्पेशल रिजर्भमा करिव २ अर्ब २१ करोड रुपैँया र जगेडा कोषमा ६७ करोड ६१ लाख रुपैँया रहेको छ।

चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी २४.४७ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २६७.४० रुपैयाँ छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?