National life

नेको इन्सुरेन्सको २ लाख २५ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ वैशाख २०८२, आइतबार
665Shares
नेको इन्सुरेन्सको २ लाख २५ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन
ncell

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडको २ लाख २५ हजार २६१.३५ कित्ता सेयर लिलामी भर्ने आज (वैशाख २१ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

कम्पनीले वैशाख १२ गतेदेसख संस्थापक समूहको ४३ हजार ७७९.५२ र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर लिलाममा बिक्री खुला गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यो लिलामी सेयरमा संस्थापक समूहतर्फ न्यूनतम १ हजार र सर्वसाधारण समूहतर्फ १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । यस कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले अब लिलामीमा ल्याएको हो ।

यसमा बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटल, नक्साल काठमाडौं र विराटनगरबाट आवेदन दिन सकिनेछ । साथै, नेको इन्सुरेन्सको झापा, पर्सा, घनुषा, चितवन, मकवानपुर,कास्कीलगायतका शाखा कर्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

 

 

 

 

यो समाचार शेयर गर्नुहोस्
665SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?