National life

नेको इन्सुरेन्सले तोक्यो बुक क्लोज मिति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ वैशाख २०८२, सोमबार
708Shares
नेको इन्सुरेन्सले तोक्यो बुक क्लोज मिति
ncell

काठमाडौं । नेको इन्सुरेन्सको जेठ ९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा लिसारा रिसेप्सेन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभाले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभामा कम्पनीको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख ३० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, सभामा भाग लिन वैशाख २९ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ । यद्यपि, वैशाख २९ गते बुद्ध जयन्तीका अवसरमा सार्वजनिक विदा परेकाले व्यवहारिकरुपमा लगानीकर्ताले वैशाख २८ गतेभित्र सेयर खरिद गरिसकेको हुनुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
708SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?