National life

नेपालका लागि सन्तुलित मौद्रिक नीति आवश्यक छ : पूर्वगभर्नर रावल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३२ जेठ २०८०, बिहिबार
631Shares
नेपालका लागि सन्तुलित मौद्रिक नीति आवश्यक छ : पूर्वगभर्नर रावल
ncell

काठमाडौं । पूर्वगभर्नर तिलक रावलले रुस र युक्रेनको युद्धको असर नेपालको अर्थतन्त्रमा परेको बताएका छन् । उनले रुस र युक्रेनको युद्धको असर नेपालको अर्थतन्त्रमा र उपभोक्तमा परेको भन्दै उत्पादनमा जोड दिनुपर्ने बताए ।

पूर्वगभर्नर रावलले नेपालका लागि सन्तुलित मौद्रिक नीति आवश्यक भएको भन्दै त्यसमा अन्तरिक तथा बाह्य अवस्था पनि अनुगमन गरिरहनु पर्ने बताए ।

ब्याजमा कर लाउँदा बजारमा तरलता अभाव भएको उनले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मर्जर र एफपीओमा कर लगाउँदा असर देखिने उनले भनाइ थियो । महालेखाले कर लगाउन भनेको भनेर कर लगाए पनि निकै उच्चस्तरीय अध्ययन समितिले अनुसन्धान गर्नुपर्ने उनले बताए ।

पूर्वगभर्नर रावलले अहिलेका अर्थमन्त्रीले यसअघिका सबै अर्थमन्त्रीलाई माथ खुवाउने गरि कर लगाउन थालेको आरोप लगाए ।

यो समाचार शेयर गर्नुहोस्
631SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?