National life

नेपालको बैंकिङ प्रणालीमा ६ करोड निक्षेप खाता हुँदा ऋणी २० लाख मात्रै

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१३ फागुन २०८२, बुधबार
1.3kShares
नेपालको बैंकिङ प्रणालीमा ६ करोड निक्षेप खाता हुँदा ऋणी २० लाख मात्रै
ncell

काठमाडौँ । नेपालको बैंकिङ प्रणालीमा निक्षेप वृद्धि निरन्तर जारी रहँदा कर्जा प्रवाह भने अपेक्षाकृत रुपमा झनै कम देखिएको छ। राष्ट्रिय आर्थिक तरलता तथा कर्जा कार्यसम्पादन सूचक अनुसार २०८२ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप र जीडीपीको अनुपात १२६.४७ प्रतिशत पुगेको छ। सो अवधिमा कुल कर्जा र जीडीपीको अनुपात ९४.८६ प्रतिशत कायम भएको छ, जसले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको देखाउँछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

वाणिज्य बैंकहरू वित्तीय प्रणालीमा सबैभन्दा ठूलो हिस्सा ओगटेका छन्। ती बैंकहरूको मात्र निक्षेप जीडीपीको ११३.८६ प्रतिशत र कर्जा प्रवाह ८४.३४ प्रतिशत रहेको छ। तुलनात्मक रूपमा, विकास बैंक र वित्त कम्पनीहरूको योगदान क्रमशः १०.३५ प्रतिशत र २.२६ प्रतिशत मात्र छ। बैंकिङ प्रणालीको समग्र कर्जा निक्षेप अनुपात ७५ प्रतिशत कायम भएको छ, जसले बैंकहरूमा अझै कर्जा विस्तार गर्ने पर्याप्त क्षमता रहेको तथ्य पुष्टि गर्छ।

विशेषगरी विकास बैंकहरूको कर्जा/निक्षेप अनुपात उच्च देखिएको छ। यसले उनीहरूले निक्षेपको ठूलो हिस्सा कर्जाका रूपमा परिचालन गरेको मान्न सकिन्छ । प्रणालीमा हालको ७५ प्रतिशतको अनुपात अनुसार बैंकहरूले ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने क्षमता राख्छन्। १५ प्रतिशतको “कुसन”ले बजारमा अतिरिक्त तरलता रहेको देखाउँछ र यो स्थिति विगत एक वर्षदेखि निरन्तर कायम छ।

निक्षेप खाता ६ करोड नाघ्दा कर्जा खाता २० लाख मात्र

बैंकिङ प्रणालीमा निक्षेप खाताको संख्या जनसंख्याभन्दा दोब्बर रहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार, नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ। तर नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पुससम्म ६ करोड १७ लाख ७९ हजार ८७२ निक्षेप खाता बैंक तथा वित्तीय संस्थामा खुलेका छन्।

तर कर्जा खाताको संख्या भने केवल २० लाख २४ हजार २८० रहेको छ। निक्षेप खाताको संख्या कर्जा खाताभन्दा लगभग ३० गुणा बढी देखिन्छ। हाल २० वाणिज्य बैंकमा निक्षेप खाता ५ करोड ३० लाखभन्दा बढी, कर्जा खाता १६ लाख ७८ हजार। १७ विकास बैंकमा निक्षेप खाता ७६ लाख ८९ हजार, कर्जा खाता २ लाख ६८ हजार र १७ वित्त कम्पनीमा निक्षेप खाता १० लाख ६६ हजार ८०८, कर्जा खाता ७७ हजार रहेको छ।

उल्लेखित तथ्यांकले बैंकिङ प्रणालीमा ऋण लिने ग्राहकको संख्या निक्षेपकर्ताको तुलनामा अत्यन्तै कम रहेको स्पष्ट पारेको छ । विकास बैंक र वित्त कम्पनीहरूले आफ्नो निक्षेपको ठूलो हिस्सा कर्जाका रूपमा परिचालन गरिरहेका छन् भने वाणिज्य बैंकहरूले पर्याप्त कर्जा विस्तार गर्ने क्षमता राखेका छन्। समग्रमा, बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी पर्याप्त छ, जसले आर्थिक वृद्धि र लगानीका लागि अवसर खोल्ने स्पष्ट चित्र देखाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?