National life

नेपालको सेयर बजारमा ‘टी प्लस वान’ सेटलमेन्ट कतिको सम्भव छ ? फाइदा सहित 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० असार २०८२, शुक्रबार
541Shares
नेपालको सेयर बजारमा ‘टी प्लस वान’ सेटलमेन्ट कतिको सम्भव छ ? फाइदा सहित 
ncell

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको निर्देशनमा सीडीएससीले सेयरको दोस्रो बजार कारोबार राफसाफ ‘टी प्लस टु’मा पूरा गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो। त्यस अगाडि, ‘टी प्लस थ्री’अर्थात् सेयर कारोबार भएको तीन कार्य दिनमा सेयरको राफसाफ चक्र पूरा हुने व्यवस्था थियो।

‘टी प्लस थ्री’ हुँदा सेयर बेच्नेले तीन दिनमा राफसाफ चक्र पूरा भएर ब्रोकरको पुल एकाउन्टमा आउने र चौथो दिन मात्र सेयर बिक्री गर्नेले पैसा पाउने तथा सेयर खरिद गर्नेले पनि सोही दिनमा खातामा सेयर प्राप्त गर्ने गर्थे ।

तर अब राफसाफ चक्र दुहिदिने भएपछि सेयर बेच्नेले तीन दिनमा पैसा पाउँछन् र खरिद गर्नेले तीन दिनमा सेयर आफ्नो खातामा पाउँछन्।

Royal Enfield
nic asia capital
सेयरको बिक्री कारोबार गर्ने लगानीकर्ताले आफूले बेचेको सेयरकोे राफसाफ तथा फर्छ्योटका लागि ईडीआईएस जारी गर्दा कारोबार भएको मितिको भोलिपल्टभित्र जारी गरिसक्नुपर्ने छ।

कारोबारको राफसाफ चक्र जति कम भयो, शेयर बजारमा कारोबार त्यति बढ्दै जान्छ। सेयर बिक्रीपछि चार दिनमा आउने पैसा तीन दिनमा नै हातमा आउँछ भने उसले चार दिनपछि गर्ने लगानी तीन दिनमा नै गर्छ। यसले बजारको कारोबार चक्रमा नै प्रभावित पर्छ।

हाल भारत लगायत सेयर बजार विकास भएका देशहरूमा टी प्लस वान मै सेटमेन्ट हुने व्यवस्था छ। त्यसैले लगानीकर्ताहरूले नेपालमा पनि यस्तै व्यवस्था ल्याउनु पर्ने सुझाव छ । सोही सन्दर्भमा सेयर लगानीकर्ताहरूले सेटलमेन्ट प्रक्रिया छोटाउनलाई सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई सुझाव दिएका छन्।

लगानीकर्ताहरूले सीडीएसका सीइओ प्रवीण पन्दाकलाई यस्तो सुझाव दिएका हुन्। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले टि प्लास वान सम्भव रहेको धारणा राखेका छन्। उनले भने, ‘टी प्लस वानका लागि नीति बन्यो भने सम्भव छ ।

तर, लगानीकर्ताले आज सेयर बेचेर भोलि पल्टै सेटलमेन्ट गर्न सक्नु हुन्छ कि हुँदैन रु आज सेयर किनेर भोलि पेमेन्ट गर्न सक्नु हुन्छ कि हुँदैन रु यो कुरा प्राक्टिकल्ली कतिको सम्भव छ ? यसलाई अध्ययन गरेर आवश्यक नीति नियम बन्नु पर्छ। साथै, ब्रोकर कम्पनीले पनि भोलिपल्ट सेटलमेन्ट सकाउन सक्छन् कि सक्दैनन्? त्यो पनि हेर्नु पर्छ।’

त्यसो त, टी प्लस वानका लागि ब्रोकर कम्पनीहरूले सेटलमेन्ट गर्न सक्छन् कि सक्दैनन् भन्ने मुख्य कुरा हो। तर, लगानीकर्ताहरूले समयमा पेमेन्ट गर्ने हो भने यो सम्भव हुने ब्रोकरहरू बताउँछन्। भिजन सेक्युरिटिज् प्रालिका अध्यक्ष राजकुमार तिमिल्सिनाले ब्रोकरहरुबाट टी प्लस वान सेटलमेन्टका लागि कुनै समस्या नभएको बताउँछन् । तर, त्यसका लागि केही नीति फेरिनु पर्ने उनको भनाई छ ।

उनले भने, ‘टी प्लस वान सेटलमेन्टका लागि उधारो कारोबार बन्द हुनु पर्‍यो । क्लाइन्टले सेयर खरिद गरेपछि समयमै रकम ट्रान्सफर गर्न सक्नु पर्‍यो । अहिलेको जस्तो उधारोमा कारोबार गर्न पाउने व्यवस्था हट्नु पर्‍यो । यसको अन्त्य नभएसम्म सम्भव छैन । अन्तर्राष्ट्रिय अभ्यास अनुसार कारोबार गर्ने हो भने हाल ब्रोकरबाट समस्या छैन ।’

बजारमा सेयर खरिद तथा बिक्री भए लगत्तै त्यसको सेटलमेन्ट (भुक्तानी तथा सेयर हस्तान्तरण) आवश्यक हुन्छ । सेटलमेन्ट प्रणालीको प्रभावकारिता बजारको पारदर्शिता, गतिशीलता र लगानीकर्ताको आत्मविश्वाससँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ । यसै सन्दर्भमा टी प्लस वान सेटलमेन्ट प्रणाली आधुनिक सेयर बजारको एउटा महत्त्वपूर्ण व्यवस्था हो । जुन विश्वभरका वित्तीय बजारहरूले अपनाउँदै आएका छन् ।

‘टी प्लस वान’ सेटलमेन्ट प्रणालीको अर्थ

टी प्लस वान भन्ने शब्दले ट्रेड प्लस वान डे अर्थात, कारोबार भएको दिनपछिको एक कार्य दिनमा सेटलमेन्ट हुने व्यवस्था जनाउँछ । यहाँ टी भन्नाले कारोबार भएको दिन ट्रेडेड डेट जनाउँछ र प्लस वान भन्नाले त्यस कारोबारपछि एक कार्यदिनभित्र सेयर र नगदको आदानप्रदान सम्पन्न हुने जनाउँछ ।

उदाहरणस्वरुप, यदि कुनै लगानीकर्ताले सोमबार सेयर किन्यो भने, त्यसको सेटलमेन्ट मंगलबारसम्म पूरा हुन्छ । यस दिन खरिदकर्ताहरूले सेयर पाउँछन् र बिक्रेताले आफ्नो बैंक खातामा पैसा प्राप्त गर्छन् । यसले सेटलमेन्ट प्रक्रियालाई छिटो र सरल बनाउँछ ।

टी प्लस वान प्रणालीका विशेषताहरू

टी प्लस वान प्रणालीको सबैभन्दा ठुलो विशेषता भनेको छिटो सेटलमेन्ट हो । सेटलमेन्ट अवधि कम भएपछि लगानीकर्ताले आफ्नो लगानी छिटो पुनः उपयोग गर्न सक्छन् । यसले बजारमा तरलता बढाउँछ, जसले बजारलाई सक्रिय र प्रतिस्पर्धी बनाउँछ ।

फाइदाहरू

लगानीकर्ताले तुरुन्तै आफ्नो सम्पत्ति प्रयोग गर्न सक्छन् । त्यस्तै, लगानीकर्ताको आत्मविश्वासमा वृद्ध‍िस् छिटो सेटलमेन्टले बजारमा पारदर्शिता बढाउँछ । कारोबारको गतिमा वृद्धि हुन्छ । लगानीकर्ताले पुनः लगानी गर्न सक्ने समय छोटो हुने हुँदा बजार गतिशील बन्छ ।

हाल नेपालमा टी प्लस २ सेटलमेन्ट प्रणाली लागू भइरहेको छ । यस प्रणालीमा कारोबार सम्पन्न भएको २ कार्य दिनपछि मात्र सेटलमेन्ट हुन्छ । उदाहरणका लागि यदि सोमबार सेयर खरिद गरियो भने त्यसको सेटलमेन्ट बुधवार सम्पन्न हुन्छ । टी प्लस वान सेटलमेन्ट प्रणाली आधुनिक सेयर बजारको आवश्यकता हो । यो प्रणालीले सेयर बजारलाई अझ पारदर्शी, छरितो र लगानीकर्ता मैत्री बनाउँछ । यद्दपि, यसलाई कार्यान्वयन गर्न पूर्वाधारको अभावका कारण केही समय लाग्न सक्छ ।

यो समाचार शेयर गर्नुहोस्
541SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?