National life

नेपालमा एक महिनाकै अवधिमा ३ अर्ब ४१ करोड बढी मूल्यको स्मार्टफोन आयात, सबैभन्दा धेरै चीनबाट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ भदौ २०८२, आइतबार
429Shares
नेपालमा एक महिनाकै अवधिमा ३ अर्ब ४१ करोड बढी मूल्यको स्मार्टफोन आयात, सबैभन्दा धेरै चीनबाट
ncell

काठमाडौँ। नेपालमा एक महिनामै करिब साढे तीन अर्ब रुपैयाँ भन्दा बढी मूल्यका स्मार्टफोन आयात भएको छ । चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो महिना साउनमा मात्रै उक्त मूल्य बराबरको मोबाइल आयात भएको हो।

साउन महिनामा विभिन्न मुलुकबाट ३ अर्ब ४१ करोड ९२ लाख २२ हजार रुपैयाँ बराबरका १ लाख ९८ हजार ३३३ ओटा स्मार्टफोन आयात भएको भन्सार विभागले जनाएको छ। यस अवधिमा सबैभन्दा धेरै चीनबाट स्मार्टफोन आयात भएको तथ्यांकमा उल्लेख छ ।

Royal Enfield
nic asia capital

यस अवधिमा चीनबाट २ अर्ब ६८ करोड ११ लाख ५८ हजार रुपैयाँको १ लाख ७५ हजार ८२९ ओटा स्मार्टफोन आयात भएको हो । नेपालमा चीन, भारत, जर्मनी, क्यानडा बेल्जियम, हङकङ, जापान, थाइल्यान्ड, स्विजरल्यान्ड लगायत मुलुकबाट स्मार्टफोन आयात हुने गरेका छन् ।

अघिल्लो आव २०८१/८२ को सोही अवधिमा ३ अर्ब ४६ करोड ६३ लाख ५८ हजार रुपैयाँ बराबरका २ लाख २५ हजार १६३ ओटा स्मार्टफोन आयात भएको थियो । यस अवधिमा सबैभन्दा बढी २ अर्ब रुपैयाँका १ लाख ५५ हजार ओटा स्मार्टफोन चीनबाट आयात भएका छन्।

यो समाचार शेयर गर्नुहोस्
429SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?