National life

नेपालमा एक महिनामै भित्रियो २४ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता,कुन क्षेत्रमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ भदौ २०८२, बुधबार
413Shares
नेपालमा एक महिनामै भित्रियो २४ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता,कुन क्षेत्रमा कति ?
ncell

काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना अर्थात् साउनमा मात्रै नेपालमा २४ अर्ब १० करोड रुपियाँ बराबरको वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त गरेको छ । उत्पादन, ऊर्जा, कृषि, पर्यटन, खनिज, सेवामूलक, पूर्वाधार र सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

विभागको अनुसार साउन महिनामा १२७ वटा परियोजनाका लागि वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ। तीमध्ये सबैभन्दा धेरै ७१ परियोजना सूचना प्रविधि क्षेत्रका छन् भने पर्यटन क्षेत्रका लागि ४१ परियोजनामा लगानी प्रतिबद्धता आएको छ ।

Royal Enfield
nic asia capital
यस्तै, उत्पादन क्षेत्रका लागि तीन, ऊर्जा क्षेत्रका लागि एक र सेवामूलक क्षेत्रमा आठ परियोजनामा लगानीको प्रतिबद्धता आएको हो ।

कुल १२७ परियोजनामध्ये १२५ साना र दुई ठूला परियोजना रहेका छन्। प्रतिबद्ध लगानी रकमको हिसाबले भने कृषि क्षेत्र अग्रपंक्तिमा छ । विभागका अनुसार कृषि क्षेत्रमा मात्रै २० अर्ब ४ करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । अन्य क्षेत्रतर्फ उत्पादन परियोजनामा १५ करोड ५० लाख, ऊर्जा क्षेत्रमा १८ करोड ४२ लाख, पर्यटन क्षेत्रमा ३ अर्ब २ करोड, सेवामूलक क्षेत्रमा ३३ करोड ५० लाख र सूचना प्रविधिमा ३६ करोड ५२ लाख रुपियाँ बराबरको प्रतिबद्धता आएको छ ।

प्रतिवेदन अनुसार ७३ करोड ७ लाख रुपियाँ बराबरका ८१ परियोजनामा अटोमेटिक रुटमार्फत लगानी प्रतिबद्धता आएको छ भने बाँकी २३ अर्ब ३७ करोड रुपियाँ बराबरका ४६ परियोजनामा कागजी प्रक्रिया पूरा गरी लगानी अनुमोदन भएको छ । यी परियोजनाबाट आठ हजार २६८ जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।

त्यस्तै, साउन महिनामा मात्र विदेशी लगानीकर्ताले दुई अर्ब ९० करोड रुपियाँ रोयल्टीबापत बाहिरिएको छ । भने सेवा शुल्कबापत नौ करोड एक लाख रुपियाँ बाहिरिएको छ। यस्तै, २० हजार ४०० अमेरिकी डलर, ४४ लाख ९० हजार भारतीय रुपियाँ र १२ हजार युरोसमेत नेपालबाट बाहिरिएको विभागले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
413SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?