National life

नेपाल एयरलाइन्सको हरेक उडानमा अपांगता भएका यात्रुलाई ५०% छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ मंसिर २०८०, आइतबार
548Shares
नेपाल एयरलाइन्सको हरेक उडानमा अपांगता भएका यात्रुलाई ५०% छुट
ncell

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को हरेक आन्तरिक उडानमा अपांगता भएका दुईजना यात्रुले हवाई भाडामा ५० प्रतिशत छुट पाउने भएका छन्।

आज डिसेम्बर ३ अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसर पारेर आजैदेखि लागू हुने गरी निगमले हरेक आन्तरिक उडानमा अपांगता भएका दुईजना यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको हो।

रातो, निलो र पहेँलो वर्गका अपांगता परिचपत्र लिएका यात्रुहरुका लागि निगमको हरेक आन्तरिक उडानमा फर्ट कम फर्ट सर्भिस बेसिसका आधारमा यो छुट सुविधा दिइने निगमका प्रवक्ता रमेश पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

उक्त सुविधाका लागि सम्बन्धित यात्रुले आफ्नो सक्कल परिचयपत्रसहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्ने निगमले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
548SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?