National life

नेपाल एसबीआई बैंकको नाफा ३६.८३ प्रतिशतले बढ्याे, लाभांश क्षमता कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ साउन २०८०, आइतबार
639Shares
नेपाल एसबीआई बैंकको नाफा ३६.८३ प्रतिशतले बढ्याे, लाभांश क्षमता कति ?
ncell

काठमाडौं । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो बैंकको नाफा ३६.८३ प्रतिशतले बढेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । बैंकको चुक्तापुँजी १० अर्ब १२ करोड रुपैयाँ रहेको छ । बैंकको १४ प्रतिशतको हाराहारीमा लाभांश वितरण गर्ने क्षमता देखिन्छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.४३ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल ०.१५ प्रतिशत थियो ।

त्यस्तै बैंकको खराब कर्जा बढ्दा प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज पनि बढेर १ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो चार्ज ६२ करोड ३१ लाख रुपैयाँ थियो ।

बैंकको सञ्चालन मुनाफा ३ अर्ब १९ करोड रुपैयाँ रहेकोे छ । अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ३६ करोड रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि ३५.१६ प्रतिशतले बढेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३४.५३ प्रतिशतले बढेर ५ अर्ब ७६ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २८ करोड रुपैयाँ थियो ।

बैंकको रिजर्भको आकार २०.०३ प्रतिशतले बढेर ७ अर्ब १७ लाख रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा ५ अर्ब ८३ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १६ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २२.१५ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस १६.१९ रुपैयाँ थियो । पीई रेसियो १५.४० गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८३.१२ रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
639SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?