National life

नेपाल-कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा विशेष कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ वैशाख २०८१, सोमबार
505Shares
नेपाल-कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा विशेष कार्यक्रम सम्पन्न
ncell

काठमाडौँ। नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा आज काठमाण्डौमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम सम्पन्न भएको छ।

स्वर्ण महोत्सवको उपलक्ष्यमा नेपाल–कोरिया मैत्री अभियान २०२४ अन्तर्गत नेपाली र कोरियाली आरोहीहरूबाट हालै मात्र जुगल हिमालको जुगल हिमाल १ र जुगल हिमाल २ आरोहण गरिएको थियो ।

चुचुरो मै पुग्न असफल भए पनि यो पटक ६ हजार २५० मिटरसम्म आरोहण भएको थियो। यो आरोहण नेपाल र छिमेकी राष्ट्र दक्षिण कोरिया बिच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको उपलक्ष्यमा नेपाल सरकारले २०७९ चैत्र २८ गतेको नेपाल सरकार ९मन्त्रिपरिषद्० बैठकले आरोहणका लागि खुल्ला गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल पर्यटन बोर्ड र नेपाल स्थित कोरियन दूतावासको सहकार्यमा आयोजना गरिएको सो कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपाल–कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठ ९स्वर्ण महोत्सव० को उपलक्ष्यमा नेपाल सरकारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष भए पनि दुई देशबिच धार्मिक र सांस्कृतिक सम्बन्ध भने प्राचीन र ऐतिहासिक रहेको उल्लेख गर्दै उहाँले कोरियाको तर्फबाट प्रारम्भदेखि निरन्तर नेपालको समग्र अर्थतन्त्र, पूर्वाधार विकास,पर्यटन तथा रोजगारीलगायत विभिन्न क्षेत्रमा भएको पारस्परिक सहयोग प्रति आभार व्यक्त गरेका थिए ।

यस्तै नेपालका लागि कोरियाका राजदूत पार्क टी योङले नेपाल र कोरियाबिच लामो सम्बन्ध रहेको चर्चा गर्दै स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको यस अभियानले नेपालको हिमाली पर्यटनको थप विकास तथा प्रवर्द्धनका लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापा, नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुर प्रसाद पाण्डे, कोरियन अल्पाइन फाउण्डेशनका अध्यक्ष डा। सोम जंग हो,कोरिया नेपाल फ्रन्डसीप एक्सपीडिसनका क्याप्टेन ऊ होङ गील लगायतले नेपाल कोरिया सम्बन्धका बारेमा बोल्नु भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
505SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?