National life

हाथवे इन्भेष्टमेन्ट सहित ५ वटा कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ असार २०८०, मङ्गलबार
675Shares
हाथवे इन्भेष्टमेन्ट सहित ५ वटा कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५ वटा कम्पनीलाई आइपीओ निष्काशनको अनुमति दिएको छ । बोर्डले २ वटा बिमा कम्पनी, २ वटा जलविद्युत कम्पनी र एक इन्भेष्टमेन्ट कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

आईपीओ निष्कासनका लागि बोर्डले हाथवे इन्भेष्टमेन्ट नेपाल, मिड–सोलु हाइड्रोपावर, मान्डु हाइड्रोपावर, सन् नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई अनुमति दिएको हो ।

हाथवे इन्भेष्टमेन्ट नेपालले प्रतिकित्ता अंकित ५० रुपैयाँका दरले १४ करोड ६२५० हजार रुपैयाँको २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

यस्तै मिड–सोलु हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँका दरले १४ करोड ९६ लाख ८० हजार रुपैयाँको १४ लाख ९६ हजार ८०० कित्ता सेयर निष्कासन गर्ने भएको छ। यसको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेका छन् ।

यस्तै मान्डु हाइड्रोपावरले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँका दरले सेयर निष्कासन गर्ने छ । कम्पनीले ३३ करोड ७० लाख ९२ हजार २२० रुपैयाँको १६ लाख ३६ हजार ३७० कित्ता सेयर निष्कासन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

बोर्डले सन् नेपाल लाइफ इन्स्योरेन्सलाई पनि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २३९ रुपैयाँका दरले २ अर्ब २२ करोड ७६ लाख ८० हजार रुपैयाँको ९६ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २४४ रुपैयाँका दरले २ अर्ब ६६ करोड ४० लाख रुपैयाँको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
675SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?