National life

नेपाल प्रहरीद्वारा माघ महिनामा मात्रै ७ करोड २१ लाख जरिवाना असुल

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|११ फागुन २०८२, सोमबार
924Shares
नेपाल प्रहरीद्वारा माघ महिनामा मात्रै ७ करोड २१ लाख जरिवाना असुल
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को माघ महिनामा नेपाल प्रहरीले देशभर फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयन अभियान तीव्र बनाउँदै ७ करोड २१ लाख २५ हजार रुपैयाँ जरिवाना असुल गरेको जनाएको छ।

एक महिनाको अवधिमा देशभरबाट १ हजार ७४२ जना अभियुक्त पक्राउ परेका छन्। अदालतको आदेशअनुसार उनीहरूलाई विभिन्न अवधिको कैद सजाय तोकिएको छ, जसको कुल कैद अवधि ५७० वर्ष ७ महिना २१ दिन पुगेको प्रहरी तथ्यांकमा उल्लेख छ।

प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेश बाट ३०२ जना, मधेश प्रदेश बाट ३६३ जना, बागमती प्रदेश बाट २२६ जना, गण्डकी प्रदेश बाट ६४ जना, लुम्बिनी प्रदेश बाट १८९ जना, कर्णाली प्रदेश बाट ३१ जना, सुदूरपश्चिम प्रदेश बाट ११४ जना पक्राउ परेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तै, काठमाडौं उपत्यका बाट ४४३ जना तथा केन्द्रीय अनुसन्धान ब्युरो ले ६ जना फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ।

जरिवाना असुलीका हिसाबले कोशी प्रदेश बाट १ करोड १३ लाख ४१ हजार, मधेश प्रदेश बाट ४७ लाख, बागमती प्रदेश बाट ७७ लाख ३० हजार, गण्डकी प्रदेश बाट २७ लाख ८४ हजार, लुम्बिनी प्रदेश बाट ७५ लाख ५२ हजार, कर्णाली प्रदेश बाट ११ लाख ९८ हजार, सुदूरपश्चिम प्रदेश बाट ६ लाख ७२ हजार, काठमाडौं उपत्यका बाट ३ करोड ३ लाख तथा केन्द्रीय अनुसन्धान ब्युरो बाट ५८ लाख रुपैयाँ जरिवाना उठेको प्रहरीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
924SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?