National life

नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’, यी मध्ये कसले मार्ला बाजी ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ फागुन २०८१, सोमबार
961Shares
नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’, यी मध्ये कसले मार्ला बाजी ?
ncell

काठमाडौँ । नेपाल बिमा प्राधिकरणको आगामी अध्यक्ष पदका लागि आवेदन दिएकामध्ये ५ जनाको नाम ‘सर्टलिस्ट’ मा परेको छ ।

‘सर्टलिस्ट’ मा पर्नेमा कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा रहेका छन्। सरकारले अध्यक्ष नियुक्तिका लागि गठन गरेको सिफारिस समितिको फागुन ४ गते बसेको बैठकले  उल्लेखित ५जनाको नाम ‘सर्टलिस्ट’मा पारेको हो ।

प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका थिए। 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘सर्टलिस्ट’ मा परेका ५ जनालाई फागुन ११ गते व्यवसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ताको लागि बोलाएको अर्थ मन्त्रालयले जनाएको छ । बिमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल माथि भ्रष्टाचार मुद्दा लागेपछि सो पद अहिले खाली छ।

हाल अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

अध्यक्ष बन्नका लागि बीमा, मौद्रिक, बैङ्किङ्ग, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नाकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्ने उल्लेख छ ।

साथै, अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ ९संशोधन सहित० ले तोके बमोजिम तीस वर्ष उमेर पूरा भई पैसठ्ठी वर्ष उमेर ननाघेको हुनुपर्ने कानुनी प्रावधान छ।

यो समाचार शेयर गर्नुहोस्
961SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?