काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणमा होली मनाइएको छ। होलीको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा प्राधिकरका अध्यक्ष सुर्य प्रसाद सिलवालले सबैलाई शुभकामना दिएका हुन् ।
उनले होलीको अवसरमा सबैलाई सकारात्मक बाटोमा अघि बढ्न समेत सुझाव दिएका छन् । शुभभाव व्यक्त गर्दै सिलवालले कर्मचारीहरुसँग रंग दलेर होली मनाएका हुन् ।
त्यस्तै, बीमा कर्मचारी संगठनका अध्यक्ष शम्भु मिश्रले सम्पूर्ण कर्मचारीलाई होलिको शुभकामना प्रदान गरेका छन् । त्यस्तै, बीमा प्राधिकरणका निर्देशक दिनेशलाल कर्णले सबै बीमा व्यवसायीलाई होलिको शुभकामना दिए।
बीमा प्राधिकरणकी निर्देशक पुजन ढुंगेलले सधै होलि मनाउन पाउ भन्ने शुभ भाव व्यक्त गरेकी छिन्।


































