काठमाण्डौ। नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। जस अनुसार बैंकको नाफामा २१.८७ प्रतिशतले गिरावट आएको छ।
दोस्रो त्रैमासको अवधिमा बैंकले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ०.१६ प्रतिशतले घटेको छ । बैंकले दोस्रो त्रैमाससम्म ४ अर्ब ६२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको खुद सञ्चालन आम्दानी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको तुलनामा १२.९३ प्रतिशतले कम हो ।
बैंकको कर्मचारी १ अर्ब ८४ करोड र अन्य सञ्चालन खर्च ४७ करोड १६ लाख रुपैयाँ रहेको छ । बैंकको रिटेन्ड अर्निङ ६० लाख ७१ लाख रुपैयाँ रहेको छ । रिजर्भको आकार भने २३ अर्ब १९ करोड रुपैयाँ कायम छ।
बैंकले इम्पेयरमेन्ट चार्जका लागि २ अर्ब ५२ करोड रुपैयाँको व्यवस्था गरेको छ । बैंकको खराब कर्जा अनुपात ४.५० प्रतिशतबाट बढेर ४.९९ प्रतिशत पुगेको छ । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ६० करोड ७१ लाख रुपैयाँ र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ८.२६ रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी९ईपीएस०६.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६१.९६ रुपैयाँ र तरलता अनुपात ३६.३४ प्रतिशत कायम भएको छ ।


































