National life

नेपाल बैंकले कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरुको घरजग्गा लिलामी गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ माघ २०८१, शुक्रबार
940Shares
नेपाल बैंकले कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरुको घरजग्गा लिलामी गर्दै
ncell

काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरुको घरजग्गा लिलामीको सूचना निकालेको छ। बैंकले लिलामी सम्बन्धी ३५ दिने सूचना निकालेको हो।

बैंकको विभिन्न शाखाबाट कर्जा लिएका ऋणीहरूले साँवा, ब्याज आदि नतिरेपछि बैंकले अन्तिम मौका दिँदै सम्बन्धित शाखामा सम्पर्क राखी ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ। तोकिएको समयभित्र कर्जा चुक्ता नगरेमा धितोमा रहेको सम्पत्ति बैंकले लिलाम गरी बिक्री गर्ने जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकका अनुसार कर्जाहरुको भुक्तानी म्याद समाप्त भई कर्जा चुक्ता गर्नका लागि तरताकेता गर्दा समेत हालसम्म पनि कर्जा चुक्ता नभएकाले सुरक्षणमा राखिएको चलअचल जग्गा र सोले चर्चेको समपूर्ण लिगलगापात समेत जेजस्तो अवस्थामा छ, सोही अवस्थामा शिलबन्दी बोलपत्रमार्फत लिलाम गर्न लागिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
940SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?