National life

नेपाल र चीनबिच ४ परियोजनामा सहमति नेपालको स्वास्थ्य क्षेत्रमा योग्दान पुग्ने विश्वास

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ साउन २०८२, सोमबार
581Shares
नेपाल र चीनबिच ४ परियोजनामा सहमति नेपालको स्वास्थ्य क्षेत्रमा योग्दान पुग्ने विश्वास
ncell

काठमाडौँ । नेपाल र चीनबिच ४ वटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ। सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबिच भेटवार्तापछि हस्ताक्षर भएको हो।

चितवनको भरतपुरस्थित वि.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्टशन निर्माण सम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पतालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो।

Royal Enfield
nic asia capital
नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

यही अवसरमा नेपाल र चीनबिच मानव संशाधन विकास सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।  यसबाट १२७० जना सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाहरूले आयोजना गरेको द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुने विश्वास राखिएको छ ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपाल चीन बहु आयामिक सम्बन्धमा चर्चा गर्दै नेपाल भ्रमण गर्नु भएकोमा सिड्का अध्यक्षलाई धन्यवाद दिएका छन् । साथै उच्चस्तरीय भ्रमणले दुई पक्षीय सम्बन्धलाई अझ उचाइमा पुर्याउने उनको भनाई छ। अर्थ सचिव घनश्याम उपाध्यायले नेपाल चीन सम्बन्धको महत्त्व उल्लेख गर्दै हस्ताक्षर भएका परियोजनाले नेपालको स्वास्थ्य क्षेत्र, मानव संशाधन विकास र सिमापार विद्युत् व्यापारमा योगदान पुग्ने र यसबाट नेपाली जनताको लागि फाइदाजनक हुने बताएका छन् ।

भरतपुर स्थित वि.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १८३४ वर्ग मिटर क्षेत्रमा फैलिएको बोनम्यारो क्यान्सर उपचार केन्द्रको निर्माण तथा आवश्यक मेसिनरीको जडान हुनेछ। यसबाट बोनम्यारो क्यान्सरको उपचारमा उल्लेख्य योगदान पुग्ने भएको छ ।

त्यस्तै निजामती कर्मचारी अस्पतालको विस्तारको सम्भाव्यता अध्ययन समेत हुनेछ।यी दुई सम्झौताको कार्यान्वयनबाट नेपालको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। बाढीले पुर्याएको भौतिक संरचनाहरूको पुनर्निर्माणमा सहयोग गर्ने चिनियाँ प्रतिबद्धता रसुवा जिल्लामा बाढीले पुर्याएको भौतिक संरचनाहरूको पुनर्निर्माणमा चीनले सहयोग गर्ने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
581SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?