National life

नेप्सेमा दोहोरो अंकको वृद्धि ,यी कम्पनीमा देखियो उच्च आकर्षण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ साउन २०८२, बिहिबार
1.1kShares
नेप्सेमा दोहोरो अंकको वृद्धि ,यी कम्पनीमा देखियो उच्च आकर्षण
ncell

काठमाडौँ। साताको अन्तिम कारोबार दिन (बिहिवार) नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.६४ प्रतिशत अर्थात १८.३० अंकले बढेर २ हजार ८५०.३७ विन्दुमा पुगेको छ ।

Royal Enfield
nic asia capital

आज नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता सेयर ८ अर्ब ५३ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छाएको छ। आज फाइनान्स समूह १.३९ प्रतिशत, बैंकिङ समूह ०.५४ प्रतिशत, विकास बैंक ०.६२, होटल ०.४७, हाईड्रो ०.७८, लगानी ०.३३, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन १.१५, लघुवित्त ०.३७,म्युचुअल फण्ड ०.३५, निर्जीवन बीमा ०.४७, अन्य १.०१ र व्यापार समूह १.१३ प्रतिशतले बढेको छ ।

आज सिक्लेस हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.८१ प्रतिशत बढेको छ। त्यस्तै, आज बरुण हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने मकर जितुमाय सुरी हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ८.२६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३९ करोड १ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको करिब ३७ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम २३ करोड कटेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?