National life

नेप्सेमा दोहोरो अंकको वृद्धि,कारोवार रकम भने घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१९ कात्तिक २०८२, बुधबार
664Shares
नेप्सेमा दोहोरो अंकको वृद्धि,कारोवार रकम भने घट्यो
ncell

काठमाडौँ । साताको चौथो दिन बुधबार सेयर बजार १२. १७ अंक बढेको छ । सो वृद्धिसंगै नेप्से परिसूचक २६०७ मा कायम भएको छ ।

आज नेप्से बढे पनि कारोबार रकम केही घटेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो दिन ५ अर्ब १५ करोडको कारोबार भएकोमा आज ४अर्ब ६८ करोडको भयो ।

१४९ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने १२ को स्थिर रह्यो । यस दिन अधिकांश समूहका सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.४१ प्रतिशत बढ्यो ।

बैंकिङ ०.५६, विकास बैंक ०.०८, हाइड्रोपावर ०.३९, लगानी ०.६६, जीवन बीमा ०.४०, उत्पादन तथा प्रशोधन ०.६३, माइक्रोफाइनान्स ०.२२, निर्जीवन बीमा ०.२१, अन्य ०.४४ तथा व्यापार ०.४२ प्रतिशत बढे ।

होटल तथा पर्यटन समूह ०.४५ प्रतिशत घट्यो ।आज दुई कम्पनी माबिलुङ इनर्जी र उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । नेपाल फाइनान्सको ८.७६, सम्पदा लघुवित्तको ६.०६, माहुली लघुवित्तको ५.१५ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै फर्स्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ७.४८ प्रतिशत घट्यो । अभियान लघुवित्तको ४.६७, विन्ध्यबासिनी हाइड्रोपावरको सेयर मूल्य ४.०८ प्रतिशत घट्यो

यो समाचार शेयर गर्नुहोस्
664SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?