काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको शेयर सूचीकृत भएको छ। सान्भि इनर्जी लिमिटेडको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको ८८ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारण शेयर धनीहरूमा वितरण गरेको ३७ लाख ९० हजार कित्ता र कम्पनीका संस्थापक शेयर धनीहरूले लगानी गरेको ५० लाख १० हजार कित्ता शेयर गरी कुल ८८ लाख कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकृत भएको हो।
कम्पनीको शेयर आइतबार स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात् नियमित दोस्रो बजारमा कारोबार आउने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १२० रुपैयाँ ७४ पैसादेखि ३६२ रुपैयाँ २२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।


































